खुसी खुसी सहकारीले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई गर्यो सम्मान
काठमाडौंको चन्द्रागिरि नपा–..८ मातातीर्थमा आफ्नै सुविधा सम्पन्न भवनबाट बाट वित्तीय कारोबार गर्दै आईरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा हालै मातातिर्थ अवस्थित हाम्रो मार्टमा १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष बटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभासद रमा आले मगरले उद्घाटन गरेका थिए ।
उक्त उद्घाटन कार्यक्रम समारोहमा बोल्दै सभासद आलेले यस खुशी खुशी बचत तथा ऋण सहकारी सबै आर्थिक गतिविधिहरु हेर्दा सबै अग्रगतिमा देखिएका संस्थाको कार्यलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोहि संस्थाका अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको वित्तीय गतिविधिहरुको बारेमा सदस्यहरुलाई प्रष्ट जानकारी गराएका थिए ।
संस्थाको उत्कृष्ट कार्य गर्ने उत्कृष्ट कर्मचारी पुरस्कार क्यासियर सलिना महर्जन र बजार प्रतिनिधि सुर्मिला महर्जन तथा चेयरम्यान अवार्डबाट विमश थापालाई प्रदान गरी सम्मानित गरिएको बताईएको छ ।
