शुभप्रभात सहकारीले कोभिड प्रभावितहरुलाई दियो ९.९९ प्रतिशतमा सहुलियत कर्जा

सिन्धुपाल्चोकको बाह्रबिसे नपा– बाह्रबिसबजारमा आफ्नै सुविधा सम्पन्न भवनबाट आफ्ना सदस्यहरुलाई वित्तीय कारोबार गर्दै आईरहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा असोज ८ गते शुभारम्भ गरी २१ गते आएर भव्य रुपमा सम्पन्न गरिएको छ ।
सो सभाको उद्घाटन सभामा बोल्दै संस्थाका अध्यक्ष विकासकाजी श्रेष्ठले २०६५ सालमा दर्ता गरिएकोे हाम्रो यो संस्थामा हालसम्म आईपुग्दा सिन्धुपाल्चोक जिल्लामा भएका बचत ऋण सहकारी मध्ये यो संस्था अग्रस्थानमा रहेको जानकारी गराए ।
साथै उनले विश्वभर फैलिदै आईरहेको कोरोनाको असरबाट गुज्रिरहेको यस संस्थाले सदस्यहरुको व्यापार व्यवसाय तथा आर्थिक गतिविधिमा केहि प्रभाव पारेकाले त्यसको समस्या समाधानको लागि गर्न संस्थाले १२.५ प्रतिशतमा सदस्य पुनरोत्थान कर्जा र ९.९९ प्रतिशतमा कृषि तथा पशुपालन कर्जा उपलब्ध गराउँदै आएको जानकारी गराएका थिए ।
सो सभामा संस्थाका सचिव सचिव दीपकविक्रम थापाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन तथा आव २०७८÷७९ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संस्थाले असोज ८ गतेबाट साधारणसभा शुभारम्भ गरी असोज २१ गते समापन गरेको हो ।
सोहि संस्थाका कोषाध्यक्ष विकास पौडेलले गत आवको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भीमसेन भण्डारीले समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
सो सभामा संरक्षित पुँजी फिर्ता कोष तर्पm उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बाल बचतकर्ता, नियमित बचतकर्ता ज्येष्ठ सदस्य, उत्कृष्ट कर्मचारी र पूर्व संचालकहरु र लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको जानकारी गराइएको छ ।
संस्थाले २०७७÷ ०७८ को मसान्तसम्म ४७ करोड ५ लाख बचत संकलन, २ करोड ५० जगेडा कोष, ३४ करोड ३ लाख ऋण लगानी, ३ करोड ६० लाख शेयरपुँजी रहेको उल्लेख गरेको छ ।
संस्थाको हालसम्म ५ हजार ५सय सदस्य आवद्ध भईसकेका छन् संस्थाले सदस्यहरुको सुविधालाई मध्यनजरमा राखेर सेवाकेन्द्र पनि संचालनमा ल्याउने योजना बनाएको संस्थाका व्यवस्थापक सुरेन्द्र तिवारीले जानकारी दिएका छन् ।