बसुवर्ण सहकारीको १३औं वार्षिक साधारण सभा बाट ः अध्यक्षमा काजिरत्न शाक्य

0 Shares

 

ललितपुरको नागबहालमा रहेको बसुवर्ण बचत तथा ऋण सहकारीको १३औं वार्षिक साधारण सभा नागबहालमा २०७८ असोज २१ गते नागबहालमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुमन शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको नागबहाल टोल सुधार समितिका अध्यक्ष जुजुरत्न शाक्यले उद्घाटन गरेका थिए । सो उद्घाटन सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै सो टोल सुधार समितिका अध्यक्ष शाक्यले हाम्रो स्थानीय टोलमा रहेर संचालन भईरहेको यस बसुवर्ण बचत तथा ऋण सहकारीले सहकारीको मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै यो टोलको नमूनायोग्य कार्य गर्दै आएको बताएका थिए ।

उक्त संस्थाका अध्यक्ष शाक्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्थानीय समुदायमा रहेर संचालित हुँदै अगाडि बढिरहेको संस्थाको शेयर सदस्यहरुको साथ सहयोग र सद्भाव , सञ्चालक समितिको टीमवर्क र कर्मचारीहरुको मेहनत र परिश्रमको कारणले गर्दा संस्थाले मुनाफा गरी सदस्यहरुलाई १५ प्रतिशत बोनस समेत प्रदान गरेको उनले जानकारी गराए ।

सभामा संस्थाका कोषाध्यक्ष सुनिल शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रत्नकाजी महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको १३ औं बार्षिक सधारण सभाले काजिरत्न शाक्यको अध्यक्षतामा सञ्चालक समिति र दीपक शाक्यको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको हो । उक्त सञ्चालक समितिको उपाध्यक्षमा विभुशोन शाक्य , सचिवमा सुनिल शाक्य र कोषाध्यक्षमा रत्काजी महर्जन तथा सदस्यमा गंगा शाक्य ,धर्मेन्द्र शाक्य र राजु बज्राचार्य रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा रीता शाक्य र प्रताप शाक्य रहेका छन् ।

Leave a Reply