उपसना महिला सहकारीले लियो चालु आवमा कारोबार बढाउने लक्ष्य

0 Shares

काठमाडौंको नागार्जुन नगरपालिका– ४, सितापाईलाबाट महिलाहरुले संचालन गरेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा यहि असोज २३ गतेका दिन सेन्टर फुड क्याफे सितापाईला सम्पन्न भएको छ ।
सो साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै बैंकका अध्यक्ष उप्रेतीले देशभर महिलाहरुले संचालन गरेका सहकारी मध्ये यस उपसना महिला सहकारीले वित्तीय कारोबारमा एउटा छुट्टै पहिचान बनउँदै आएको बताएका थिए ।

त्यसैगरी उक्त संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले आफ्नो संस्थाको १२ औं साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दे संस्थाले अब चालु आर्थिक बर्षमा .कर्जा लगानी १० करोड, बचत संकलन ९ करोड र शेयरपुँजी १ करोड ६० लाख पु¥याउने लक्ष्य राखेको जानकारी गराईन् । साथै उनले संस्थाले कोरोना माहामारीको परिस्थितिमा पनि सदस्यलाई सकेको सेवा दिईएको र संस्थाका सदस्यहरुले गर्दा नै संस्था आज आएर प्रगतिपथमा अगाडि बढ्न लागेको जानकारी दिईन ्
त्यसैगरी जिल्ला सहकारी संघ लि.,काठमाडौंका महासचिव मनोज भण्डारीले स्थानीय समुदायमा आधारित यो संस्था सबै सुचांक राम्रो रहेकाले संस्थाले भोलिका दिनमा पनि ढुक्क भएर काम गर्न सुझाव दिएका थिए ।

संस्थाको आर्थिक वर्ष २०७७÷०७८ मा सो संस्थाको बचत संकलन रु. ७ करोड ७२ लाख २१ हजार, कर्जा लगानी रु. ८ करोड ७० लाख २७ हजार, शेयर पूँजी रु.१ करोड ३४ लाख ९९ रहेको उल्लेख गरिएको छ

संस्थाले १२ औं साधारण सभाबाट संस्थाले उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणि , उत्कृष्ट बचतकर्ता लगायतहरुलाई सम्मान गरेको थियो ।

Leave a Reply