मध्यपुर थिमि सहकारीको सञ्चलक समिति निर्विरोध चयन

0 Shares

 

भक्तपुरको शंखधर चोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यहि असोज २३ गते सम्पन्न भएको छ ।
सो धारणसभाले पुन ः कृष्णकाजी मानन्धरको अध्यक्षतामा संचालक समिति निर्विरोध चयन गरेको सहकारी सञ्जाललाई जानकारी गराएको छ ।
त्यसैगरी संस्थाको उपध्यक्षमा सञ्जयकुमार श्रेष्ठ,सचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्षमा प्रेमसुन्दर श्रेष्ठ तथा सदस्यमा डा. उज्ज्वल जोशी , रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ रहेका छन् ।

। त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुन्दर श्रेष्ठ तथा सदस्यमा राजकुमार नापित र कृष्णसुन्दर प्रजापती, शिक्षा उप–समितिको संयोजकत्वमा डा.उज्ज्वल जोशी तथा सदस्यमा कृष्ण सुन्दर प्रजापती र नरेन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् भने .ऋण उप–समितिको संयोजकमा प्रेमसुन्दर श्रेष्ठ तथा सदस्यमा तुलशीराम श्रेष्ठ र सुरेश बज्राचार्य आएका छन् ।
सो साधारण सभा संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाको आर्थिक बर्ष २०७७÷०७८ मा संस्थाको कूल कारोवार
रु.१५, ७१, ९१, ९९३ र ५२२ महिला र ८१६ पुरुष गरी १,३२८ जना सदस्य रहेको बताईएको छ ।

Leave a Reply