सुयोग्य सहकारीको अध्यक्षमा ः न्यौपाने

0 Shares

काठमाडौंको कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि.का निःबर्तमान अध्यक्ष केशवप्रसाद बडाल प्रमुख आतिथ्यता तथा उक्त संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.सो कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बडालले सहकारी संस्थाहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउने खालका कार्यहरु गर्नुपर्नेमा जोड दिएका थिए साथै उनले संस्थाको १४ औं बार्षिक साधारण सभाको सफलताको समेत शुभकामना दिएका थिए ।

सो सभामा संस्थाकी सञ्चालक पम्फा न्यौपानेले स्वागत मन्तव्य, सञ्चालक काजीमान सुब्बाले धन्यबाद ज्ञापन र प्रमुख कार्यकारी अधिकृत खड्गप्रसाद सुब्बाले ‘सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष सुब्बाले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेकी थिईन । सो प्रतिवेदन पेश गर्दै उनले १४ वर्ष अगाडि २७ जना शेयर सदस्यहरु मिलेर रु.२ लाख शेयर पूँजीबाट कारोवार शुरु भएको हाम्रो यस संस्थामा यतिबेला १,२९९ जना शेयर सदस्य र रु.२६ करोड ५० लाख वासालात रहेको जानकारी गराईन ।

त्यसैगरी संस्थाले गरेको कारोवारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम प्राप्त गर्ने सो संस्थाका उत्कृष्ट शेयर सदस्य मीरा खड्का (रु.३८,८०२), शिवकुमार लिम्बु(रु.२८,५१०) र ज्योति सुब्बा (रु.१९,८०९) लाई चेक हस्तान्तरण गरी सम्मान गरिएको थियो ।

सो साधारण सभाबाट पम्फा न्यौपानेको अध्यक्षतामा सञ्चालक समिति चयन भएको हो । त्यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा टेकबहादुर लिम्बु तथा सदस्यमा काजिमान सुब्बा , तेजप्रसाद गौतम , श्रीचन्द्र तण्डुकार , खुशमाया श्रेष्ठ र भगिमाया थाम्सुहाङ रहेका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाश रेग्मी तथा सदस्यमा टामलाल भुषाल र सुरेजा लिम्बु रहेका छन् ।

Leave a Reply