दर्पण सहकारीले गर्यो संस्थाको ११ बर्षे स्मारिका लोकार्पण
संस्थाको आगामी ४ बर्षे कार्यकालको लागि संस्थाका अध्यक्ष दिपक घिमिरेको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति साथै ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन समेत गरेको छ ।
संस्थाले जेष्ठ नागरीक सम्मान असल बचत कर्ता र असल ऋणी सम्मान गर्नुका साथै कोभिड माहामारीलाई जित्ने शेयर सदस्यलाई नगद रकम बितरण र मृतक राहत कोषबाट मृतक शेयर सदस्यको एकाघरका परिवारलाई नगद राहत प्रदान गरेको छ ।
साथै संस्थाले ११ बर्षको ईतिहास लाई जिवन्त दिने स्मारिका समेत प्रकाशन गरी लोकार्पण गरेको हो ।
सो कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईले गरेका थिए ।
सो सभाका अध्यक्ष दिपक घिमिरेले निमन्त्रणालाई सहर्ष स्विकार गरी कार्यक्रमको शोभा बढाई दिनुहुने प्रमुख अतिथि, अतिथि ,स्मारिकाका सम्पादन सल्लाहकार , निर्वाचन संयोजक , पुरानो÷ नयाँ सञ्चालक समिति,लेखा समिति अन्य उप समिति, शेयर सदस्य ,कर्मचारीहरुलाई समेत शुभकामना दिएका थिए ।
