सयपत्री सहकारी सुनवलको अध्यक्षमा पुनः पौडेल
.नवलपरासीको सुनवल नगरपालिका –१ सुनवलमा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.को २१ औँ वार्षिक साधारणसभा समापन कार्यक्रम यहि २०७८ आश्विन २३ गते सुनवलको लोटस रिसोर्टमा सम्पन्न भएको हो ।
।
सो कार्यक्रमको प्रमुख आतिथ्यता सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर क्षेत्रीले गरेका थिए भने संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
सो संस्थाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सुनवल नगर प्रमुख क्षेत्रीले सहकारीको संख्यामा मात्रै समिति नरहनेर गुणस्तरमा समेत कार्यहरु गर्नु गर्नेमा जोड दिएका थिए । साथै उनले सदस्यहरुको विश्वास र जिम्मेवारीले गर्दा मात्र संस्था बलियो हुने समेत जानकारी दिए । सुनवल नगरपालिको गार्मेट औद्योगिक ग्राम स्थापना गर्ने र एक हजार महिलालाई रोजगारी दिने योजना रहेको कुरा बताउँदै उनले यस कार्यमा सहकारीको मुख्य दायित्व समेत रहने उनको भनाई थियो ।
.संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा तथा सुनवल नगरपालिकाको नगरप्रमुख भिमबहादुर क्षेत्रीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा सो अवसरमा बोल्दै नगरप्रमुख भीम बहादुर थापाले सहकारी संख्यामा मात्रै नभई गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सबै शेयर सदस्य जिम्मेवार नबनेसम्म संस्था जिम्मेवारी नहुने भन्दै सहकारीलाई मजबुद बनाउँछ सबै शेयर सदस्यहरू जिम्मेवार बन्नुपर्ने नगर प्रमुख थापाले बताए
सुनवल नगरपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने र त्यसमा एक हजार महिलाले रोजगारी पाउने गरी गार्मेन्ट उद्योग पनि सञ्चालन गर्ने योजना रहेको भन्दै त्यसमा सहकारीको मुख्य भूमिका रहने नगर प्रमुख थापाको थप भनाई थियो ।
सोहि कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य नारायण थापाले संस्थाले अहिलेसम्म गरेको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष रमेश कर्माचार्यले संस्थाका सदस्यहरुको सुझाव संकलन गरी पेश गरेका थिए ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेका हुन् ।
सो संस्थाको कार्यप्रगति प्रतिवेदन संस्थाका सचिव नारायण पौडेल र संस्थाका
कोषाध्यक्ष कमला थापाले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।
संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्त सम्म कुल बचत रकम २९ करोड २४ लाख ४६ हजार ८ सय ८६, ऋण लगानी २७ करोड ३४ लाख ५४ हजार ९ सय ५६, शेयरपुँजी रु. ३ करोड ६५ लाख ५७ हजार ५ सय, शेयर सदस्य २ हजार ७ सय ९६जना संस्थाका व्यवस्थापक टिकाराम तिमल्सिनाको भनाई छ ।
संस्थाले उक्त साधारण सभाबाट अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेललाई चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा नारायण पौडेल, सचिवमा रमेश कर्माचार्य, कोषाध्यक्षमा कमला थापा निर्वाचित भएका हुन् । सदस्यहरूमा मुरलीधर उपाध्यक्ष, जय बहादुर पुन, विष्णु पाण्डे पुरी, भूमिकला शर्मा, विनय अधिकारी रहेका छन् ।
लेखा समिति संयोजकमा कृष्ण प्रसाद शर्मा र सदस्यमा कृष्ण ढकाल र रीना भण्डारी रहेका छन्