डाइनामिक युवा सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काभ्रको नाला शेरमा रहेको डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा २०७८ आश्विन ११ गते सोमबारका दिन सम्पन्न गरिएको छ ।

सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बनेपा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद दाहालले गरेका थिए ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि दाहालले सहकारीले बचत ऋणको कारोबार मात्र सिमित नरही सदस्यहरुको आय स्तर उकास्नको सामुहिक लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
कृषि क्षेत्रमा विशेष लगानी र सुविधा प्रदान गरी सदस्यहरुको आवश्यकता अनुसार सहकारी नीति बनाइनुपर्ने उनको भनाई थियो । नगरपालिकाले बनाएको सहकारी ऐन र नीतिअनुसार संस्था सञ्चालन गर्न सुझाव दिँदै दाहालले एक दुईवटा संस्थाको कमीकमजोरीका कारण सहकारी क्षेत्र बदनाम भईरहेको बताए ।
सो सभामा पनौती नगरपालिकाका पशुपंक्षी शाखाप्रमुख मणिप्रसाद सापकोटा, संस्थका सल्लाहकार विदुर सिग्देल, भिष्म प्रसाद बजगाईं, किशोर बजगाईं र इबनारायण दाहालले शुभकामना दिएका थिए ।
सभामा संस्थाका सचिव उपेन्द्र दाहालले संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गौतम श्रेष्ठले आर्थिक प्रतिवेदन, संयोजक भुवन श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
संस्थाको गत आवको अन्त्यसम्ममा संस्थाको कुल शेयर १ करोड ६९ लाख २९ हजार पुगेको छ भने संस्थाको बचत संकलन १५ करोड ४४ लाख, कर्जा लगानी १९ करोड ७३ लाख र कुल कारोबार २४ करोड ९३ लाख रहेको उल्लेख गरिएको छ ।
सभाका सभापति तथा संस्थाका अध्यक्ष माधव सिग्देलले संस्थाले कोभिड १९ मध्यनजर गरी सदस्यहरुलाई सकेसम्म आवश्यक सेवासुविधा उपलब्ध गराउँदै आएको जनाए । संस्थाले समयसापेक्ष प्रविधिको प्रयोग गरी सदस्यहरुलाई आयमूलक क्षेत्रमा कर्जा लगानी गर्दै आएको उल्लेख समेत गरेका थिए ।

Leave a Reply