मोरङ जिल्ला बचत संघले सदस्य संस्थालाई आवश्यक तालिम गोष्ठीहरु संचालन गरिरहेको छ-सोमनाथ निरौला अध्यक्ष जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङ

0 Shares

 

 

मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सोमनाथ निरौला मोरङ जिल्लाका बचत तथा ऋण सहकारीहरुको नेतृत्वमा रहेर काम गरिरहनु भएको छ । उहासँग जिल्लामा रहेका बचत ऋण सहकारीको भूमिकामा संघले गरेको कार्यक्रमहरुको विषयमा सहकारी सञ्जालका कार्यकारी सम्पादक ईश्वर ढुंगेलले गरेको छोटो कुराकानी ः

 मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ कति सालमा स्थापना भएको हो ?

मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ २०५१ स्थापना भएको हो ।

मोरङ जिल्ला बचत संघमा कत्ति सहकारी संस्थाहरु आबद्ध रहेका छन् ।

संघमा हालसम्म ३२३ सदस्य संस्था आबद्ध रहेका छन्

संघको हालसम्मको सेयरपुँजी, कारोबार ऋण लगानी कत्ति रहेको छ ?

शेयर पूजीः १ करोड ३३ लाख, कूल सम्पत्तीः १३ करोड र ऋण लगानीः ८ करोड रहेको छ ।

जिल्ला बचत संघ मोरङले अहिलेसम्म कस्ता खालका तालिमहरु संचालन गरिरहेका छन् ?
हाम्रो यो संघले ऋग्च्द्यक्, सहकारी व्यवस्थापन, पल्र्स तालिम, ऋण व्यवस्थापन, नेतृत्व विकास तालिम, लेखा व्यवस्थापन, संचालक समितिको क्षमता, विकास तालिम, लेखा समितिको क्षमता विकास तालिम, संस्थागत विकास तालिम लगायतका विभिन्न सहकारी संस्थालाई आवश्यक पर्ने तालिमहरु संचालन गरिरहेको छ ।

तपाई आबद्ध संस्थाको के छ यतिबेला गतिविधि के छ ?

यतिबेला हामी धमाधम साधारण सभा तथा लाभांश वितरण गर्ने कार्यहरु गरिरहेका छौं ।

कोरोना महामारीको समयमा सदस्यहरुलाई कसरी सेवा प्रदान गर्नुभयो ?

कोरोना माहामारीको समयमा हामीले विद्युतिय माध्यमबाट वित्तिय कारोबारका साथै आंशिक रुपमा कार्यालय संचालन गरी सदस्यहरुलाई सेवा प्रदान गरेका थियौ ।

मोरङ जिल्ला बचत संघको निती कार्ययोजान के छ यतिबेला ?

संघको आगामी नीति तथा कार्य योजना भनेको ४ वर्षे रणनीतिक योजना निर्माण र कार्यान्वयन गर्ने रहेको छ र महामारीमा सहकारी संघ संस्थाहरु संचालन गरी सदस्यहरुलाई कसरी सहज रुपमा सेवा पु¥याउने र नीति निर्देशन गर्दै जाने हाम्रो कार्यक्रमको योजना हो ।
संघको आफ्नै भवन छ की भाडामा हो ?
यो संघ मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ३ को आफ्नै  ३ तले भवनमा संचालित छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अन्त्यमा तपाईंको सहकारी सञ्जाल मासिक पत्रिकामा मेरो छोटो कुराकानी राखिदिनुभएकोमा विशेष धन्यवाद दिँदै आउँदै गरेको वडादशैं, शुभ दीपावली, छठ एवं नेपालीहरुका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा सहकारीकर्मी तथा देश विदेशमा रहनु भएका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply