जिल्ला बचत संघ झापाले सदस्य संस्थाहरुलाई तालिम गोष्ठीलाई निरन्तरता दिईरहेको छ, तुलाराम न्यौपाने अध्यक्ष झापा जिल्ला बचत संघ

0 Shares

झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने झापा जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको अविभाकको रुपमा रहेर संघको नेतृत्व गरिरहनुभएको छ । पछिल्लो समयमा उक्त संघले सहकारी संस्थाहरुको हक हितमा रहेर संघले गरेको कार्यहरुको विषयमा सहकारी संञ्जालले गरेको छोटो कुराकानी यस प्रकार छ ।

झापा जिल्ला बचत तथा ऋण सहकारी संघ कति सालमा स्थापना भएको हो श्र? र यो संघको ाफ्नै भावन हो कि भाडामा छ ?

झापा जिल्ला बचत संघ २०६८ साल श्रावण २२ गते स्थापना भएको र यो संघ हालसम्म भाडा लिएर संचालन भईरहेको छ ।

झापा जिल्ला बचत संघमा सदस्य संस्था शेयरपूँजी कारोबार ऋण लगानी कति रहेको छ ?

संघको हालसम्मको शेयर पुँजी १५,००,००० ।– ऋण लगानी ६०००००० जम्मा वासलात १०१०००० बचत संघको सदस्य संस्था १४९ रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो सहकारी साहा नेपाल पनि यहि जिल्लजिल्लमा छ यो जिल्लामा नमुना बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी भएको हिसाबले यहाँका अरु बचत ऋण सहकारीहरु पनि उत्तिकै सक्रिय छन् होला नि ?

बचत तथा ऋणको कारोबार गर्ने सबैभन्दा ठूलो संस्था साहारा नेपाल यसै जिल्लामा भएपनि अन्य साकोसहरु पनि उनीकै सक्रिय छन् राम्रो कारोबार गर्दै गरेको अवस्था छ ।

झापा जिल्ला भरीका कति बचत तथा ऋण सहकराी संस्थाहरु आबद्ध छन ?

जिल्ला भरीमा करिब ३०० वटा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । संघले आफ्ना सदस्य संस्थाहरुलाई विशेष गरेर प्राविधिक तालिम नै उपलब्ध गराउँदैछ, जस्तै लेखा, पल्स, व्यासायक योजना तर्जुमा रणनैतिक योजना व्यवसाय निरन्तरता योजना जस्ता तालिमहरु संचालन गर्दैछौं ।

झापा जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्ना सदस्य संस्थाहरुलाई के कस्ता तालिमहरु दिईरहेको छन ?

 

झापा जिल्ला बचत संघ अरु जिल्ला भन्दा अलिक कान्छो संघ हो यसले वित्तीय कारोबार भन्दा पनि तालिम गोष्ठीलाई प्राथमिकता दिएको छ । उपत्यका बाहिर झापा बचत संघले पहिलो पटक साकोस गोष्ठी सम्पन्न गरेको थियो । जुन नेशनल लेबलको थियो त्यस्तै नेशनल लेशलका ३,४ वटा कार्यक्रम सम्पन्न गरी सकेको अवस्था हो । हामी बिशेष गरेर संस्थाहरुलाई वित्तीय सर्पोट भन्दा पनि नीतिगत र प्राविधिक सर्पोटमा जोड दिएका छौं ।

झापा जिल्लामा आबद्ध भएर बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई राज्यको तर्फबाट कत्तिको सहयोग पुगेको छ ?

बचत तथा ऋणलाई राज्यले खासै कुनैपनि सहयोग गरेको छैन विगतमा डिभिजन कार्यालय हुँदा तालिमहरुमा लागि केहि सहयोग थियो अहिले त त्यो पनि केहि छैन ।

अन्त्यमा सहकारी अभियानको विषयमा केहि भन्न चाहनु हुन्छ कि ?

नेपालको परिवेशमा सहकारीको ठूलो भूमिका छ । यहि राज्यले लिएको समृद्ध नेपाल खुसी नेपालीको नारा साकार पार्ने हो भने राज्यले सहकारी अभियान सँग हातेमालो गर्नुपर्छ । गरिबी निवारणमा नीजि क्षेत्रको भन्दा सहकारी अभियानको ठूलो भूमिका हुनसक्छ, लक्षित वर्गसँग प्रत्यक्ष सरोकार राख्ने भनेकै सहकारी हो उसको दुख्ख सुखको साथी सहकारी बनेको छ । त्यसैले सहकारी अभियानलाई सबै क्षेत्रबाट माया र विश्वास गर्नुपर्छ भन्ने लाग्छ

 

Leave a Reply