जिल्ला बचत संघ पर्साकोे आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न

0 Shares

जिल्ला बचत तथा ऋण सहकारी संघ लि,पर्साको आयोजना तथा राष्ट्रिय सहकारी बैक वीरगंज शाखाको प्राविधीक सहयोगमा ऋण व्यवस्थापान तालिम कार्तिक ६ गते शनिबार का दिन होटल भिस्वामा सम्पन्न भएको छ ।उक्त तालिममा विभिन्न सहकारी संस्थाका ७६ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । उक्त कार्याक्रमको प्रमुख अतिथि पर्सा जिल्ला निर्वाचन क्षेत्र नं। २ .क. का प्रदेश सभा सदस्य श्री राजेश्वर प्रसाद साहले कार्याक्रमको उदघाटन गनुभयो भने अध्यक्षता संघका अध्यक्ष श्री राजेश पंडितले गर्नुभएको थियो । स्वागत मन्तब्य संघका बरिष्ठ उपाध्यक्ष श्री असगारअलि अंसारीले गर्नुभएको थियो । कार्याक्रमको उदघोषण संघका महा सचिव श्री जिष्णु बरालले गर्नुभएको थियो। कार्याक्रमको प्रशिक्षण राष्ट्रिय सहकारी बैक लि।वीरगंज शाखाको प्रबन्धक श्री संजय कुमार महतो र जिल्ला बचत संघका शिक्षा उपसमितिका संयोजक श्री कुन्दन प्रसाद पालले गर्नुभएको थियो ।

Leave a Reply