अग्रज सहकारी डल्लुको १३ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठमाडौंको डल्लुु –१५ रहेको अग्रज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा यहि कात्तिक १३ गते शनिवारका दिन संस्थाको आफ्नै भवन डल्लुमा सम्पन्न गरिएको छ ।
सो संस्थाको बार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष बिनयकुमार पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख केदारनाथ उप्रेती, बैंकका गोंगबु शाखा प्रमुख विनोद भट्टराई, संस्थाका पूर्व अध्यक्ष घनश्याम प्रसाद श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु र सदस्यहरुको बहुसंख्यक उपस्थिति रहेको थियो ।
सो साधारण सभा कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक उत्तम थापाले गर्नुभएको थियो ।
त्यसैगरी संस्थामा हालसम्म ६९४ जना सदस्यहरु आबद्ध भईसकेका छन् भने संस्थाले २०७७÷०७८ मा संस्थाको मुनाफा ३ लाख ९० हजार ३१ रुपैया ७६ पैसा रहेको प्रतिवेदन जानकारी गराएको छ ।

Leave a Reply