चेतना सहकारी पर्साको १६ औं बार्षिक साधारण सभा सम्पन्न
चेतना बचत तथा ऋण सहकारी संस्था लि। बिरगंज २४ रामगढवा पर्साको १६ औं बार्षिक साधारण सभा २०७८ कात्तिक १३ गते शनिबारका दिन आफ्नै भवनबाट एक औपचारिक कार्यक्रम गरि सम्पन्न भएको छ ।
सभाका प्रमुख अतिथी नेफ्स्कुनका सञ्चालक सदस्य हरे राम पटेलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो सभामा शुभकामना दिदै उहाँलेयस संस्थाले हरेक जनताको मन जित्न सफल भएकोमा बधाई दिनुभयो ।
संस्थाका अध्यक्ष जंग बहादुर प्रसाद पटेलले यस संस्थाले नाफा आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले अहिलेको अवस्थामा सहकारी एउटा गरिब, निमुखा, दैनिक ज्यालादारी गर्ने व्यक्तिको लागि सहकार्यको भूमिका निभाउन सफल हुदै आएकोमा सबैलाई बचत गर्न आग्रह गर्नुभयो । सहकारीको माध्यमले आज साधारण व्यक्ति पनि आज आफ्नो जीवनलाई माथि उकास्न सफल भएको र सहकारीले आम जनतामाथि भएको शासनको बेथितिलाई हटाउन सफल भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि, पर्साका अध्यक्ष राजेश पंडितले शुभकामन दिदै यस संस्थाले लगानी मात्र होइन सामजिक क्षेत्रमा पनि ठूलो सफलता हासिल गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
साथै कार्यक्रममा संस्थाका अध्यक्ष जंग बहादुर प्रसाद पटेलले संस्थाको बाषिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
अतिथिहरु जिल्ला बचत संघ पर्साका बरिष्ठ उपाध्यक्ष असगर अलि अन्सारी जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिस्णु बराल जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक नग नारायण सिंह जिल्ला बचत संघ पर्साका लेखा संयोजक राजेन्द्र प्रसाद जैसवाल जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका ब्यवस्थापक अनुप यादव कुन्दन पाल विजय कुमार गुप्ता लागायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन अफजल अन्सारीले गर्नुभएको थियो

