जमुनी गणेश सहकारी काभ्रेको ९ औं बार्षिक साधारण सभा सम्पन्न
काभ्रेको बनेपा नगरपालिका वडा नं १२ काभ्रेपलाञ्चोक देउरालीमा रहेको जमुनी गणेश बचत तथा ऋण सहकारी सस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्नभएको छ ।
सो सधारण सभाको संस्थाका शेयर सदस्य जेष्ठ नागरिक बचत कर्ता तर्फबाट श्री शैलेन्द्र बहादुर तामाङ र श्री भक्त माया बिष्ट द्वारा पानसमा दिप प्रचलन गरी कार्यक्रम को उद्घाटन गरिएको थियो ।
साथै जेष्ठ नागरिक बचत कर्ता सम्मान पुरुष तर्फबाट जेष्ठ नागरिक बचत मा श्री शैलेन्द्र बहादुर तामाङर महिला तर्फबाट जेष्ठ नागरिक बचत मा श्री भक्त माया बिष्ट ज्यूहरुलाई दोसल्ला ओढाई सम्मान पत्र उपलब्ध गराईएको हो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल विष्टले गरेका थिए ।
साथै उक्त कार्यक्रममा ८० प्रशितत शेयर सदस्यज्यूहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजक संस्थाका व्यवस्थापक राजेश कार्कीले कर्मचारी हरुलाई धन्यवाद दिई कार्यक्रम समापन गरेका थिए
२०६९ सालमा स्थापना भएको सो संस्था हालसम्म आईपुग्दा शेयरपुँजी ५०,४७,३००।– निक्षेप २,८१,७५,५०८,८२ ऋण लगानी २,१९,६८,३८०.८३ र सदस्य संख्या १०१६ पुर्याउन सफल भएको छ
