सुन्दरबजार सहकारीले पायो उत्कृष्ट करदाता सम्मान लमजुङ र मनाङमा जिल्लाकै राख्यो पहिलो रेकर्ड
लमजुङको सुन्दर बजार न.पा सुन्दरबजारमा रहेको लमजुङ जिल्लाकै नमुना बहुउद्देश्यीय सहकारी सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्था लि.ले मनाङ र लमजुङ जिल्लामा रहेका करदाताहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गरे वापत आन्तरिक राजस्व कार्यालय दमौली,करदाता सेवा कार्यालय ,बेशिशहर बाट दशौ राष्ट्रिय कर दिवस,२०७८ को अवसरमा कदर स्वरुप सम्मान पत्र प्रदान गरिएको छ ।
२०७७÷०७८ सबैभन्दा बढि कर तिर्ने सहकारीको रुपमा उक्त सम्मान पाएको हो । सो सम्मान पत्र संस्थाका व्यवस्थापक नेत्र गुरुङलाई प्रदान गरिएको थियो ।
मा सस्थाको तर्फबाट करदाता सेवा कार्यालय ,बेशिशहर लाई संसथाले धेरै धेरै बधाई समेत ज्ञापन गरेको छ ।

