संस्था लिक्विडेसनमा लैजान तयार छौं, बचत ऋण परिवर्तन गर्दैनौं माधव प्रसाद तिमल्सिना सचिव, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि.
संस्था लिक्विडेसनमा लैजान तयार छौं, बचत ऋण परिवर्तन गर्दैनौं
माधव प्रसादतिमल्सिना
सचिव, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि.
बहुउद्देश्यीय केन्द्रीय संघ सिमित व्यक्तिको कब्जामा छ भन्छन् के हो वास्तविकता ?
नेपालभर बहुउद्देश्यीय सहकारीको संख्या ५ हजारका ेहाराहारीमा छ । तर, नेपाल बहुउद्देश्यीय केन्द्रीयसहकारी संघमा ४ सयको हाराहारीमा मात्र सदस्य भएकाले संघ सिमिति व्यक्तिको मात्र कब्जामा भयो भन्ने आरोप लाग्नु सामान्य हो । त्यसको सदस्यता बढ्न नसक्नुमा केहि प्राविधिक कठिनाई पनि छ । हामीले संघ सुरुवात गर्दा संघको सदस्य हुने संस्था राम्रोसँग संचालन भएको हुनुपर्छ, झोलामा बोकका संस्था मात्र हुनुहुदैन भनेर एउटा मापदण्ड बनायौं । तर अहिले त्यहि मापदण्ड अभिसाप भएको छ । त्यसलाई सुधार गर्न वर्षपिच्छे अनुरोध गरेपनि केहि साथीहरुले रेस्पन्स गरिरहनु भएको छैन । केहि साथीहरुले मापदण्ड अनुसार नै गर्नुपर्छ भनेका कारण तथा नेतृत्वले सामान्य ढंगले लिएकाले सदस्य बढाउन सकेका छैनौं ।
बाहिरबाट हेर्दा सदस्य नबढेका कारण सिमितव् यक्तिमै राख्नखोजिएको हो भन्ने जस्तो मात्र देखिएको हो । तर हामी अभियान बुझेका व्यक्तिहरु हौं, निकट भविश्यमा मापदण्ड खारेज गरेर सबैलाई गोलवद्ध गराएर जानुपर्छ भन्ने पक्षमा छौं ।
सहकारी ऐनको मुख्य व्यवस्था कार्यान्वयन गर्ने बेलामा दैनिक पत्रिकामा सूचना निकालेर ऐन नमान्नुहोस् भन्न पाइन्छ ?
५ हजार वहुउद्देश्यीय सहकारीलाई बन्दगर्ने गरी मुख्यकारोबारको प्रावधान लागू गर्न सम्भव नै छैन । यो विषयलाई नबुझेका पत्रकारले मात्र किन कार्यान्वयनन गरेको हो, ऐन भन्दा तपाईहरु ठूलो हो ?भन्ने जस्ता कुरा गर्छन् । त्यहि सहकारी कानूनले कूल कारोबारको ७० प्रतिशत बहुउद्देश्यीय काम गर्नुपर्छ भनेको छ, फेरी त्यहि कानुनमा बचतको रकम संस्थाले चलाउनपाइदैन भनेको छ ।
हामीले सहकारी ऐन २०७४ जारी भएपछि नै स्पष्ट रुपमा८÷१० वटा प्रावधान संसोधन नगर्ने हो भने २० वर्षमा पनि ऐन कार्यान्वयन हुदैन भनेका छौं । यहि ऐनका ८० प्रतिशत व्यवस्था राम्रो छन् जुन कार्यान्वयन हुन्छ । मुख्यकारोबार, दोहोरो सदस्यताको अन्त्य जस्ता विषय सहकारीका लागि सर्किण सोच हो ।
अब के गर्ने त ?
अहिलेसम्म नियमन निकायमा मुख्य कारोबारको विषय बुझ्ने व्यक्ति नआएकाले समस्या भएको हो । एउटा मान्छेलाई टाउकोले टेकेर हिड भन्दा केहि समय त हिड्ला तर खुट्टाले टेकेर हिड्दा गर्ने काम सबै छुट्छन् ।
अहिले सहकारी अभियानमा पनि बचत ऋण मात्र सहकारी हो भन्ने साथीहरु छन् ।उहाँहरु नेपालमा बचत तथा ऋण सहकारी भए पुग्छ जसरी वकालत गरिरहनु भएको छ । जसले जति बुझ्यो त्यहि भन्छ, सबैको फरक हुन्छ । तर बुझाइमा एकरुपता ल्याउन जरुरी छ ।
केहि संस्थाहरुले त नाम नै परिवर्तन गरी बचत तथा ऋण बनाउन थालिसके त ?
जसले सहकारीको मर्म नबुझी लैलैमा संस्था खोलेको छ उनीहरुले उद्देश्य परिवर्तन गर्ने हो । हामी संस्थामा ताला लगाएर लिक्विडेसनमा लैजान तयार छौं, बहुउद्देश्यीयबाट बचत ऋणमा जादैनौं । आज पनि मलाई दिनहुँ ५० जना साथीहरुको फोन आउछ, के गर्ने भनेर जो सहकारी नबुझी ह्विमका रुपमा आए उनीहरु मत्र हुन् उद्देश्य परिवर्तन तिर लाग्ने ।
सहकारी अभियानको विकृती कसरी हटाउने ?
सहकारी अभियानमा विकृती छ, तर सरकार मात्र यसको दोषीहोइन । यसकालागि सहकारी राम्रो हुन अभियान पनि सवल हुनुपर्छ । अहिले सरकार एकातिर अभियान अर्कातिर छ । स्थानिय देखि संघसम्म साढे ३ सय संघहरु छन् । सबैमा २ जनाको दरले प्राविधि ककर्मचारी राख्ने हो भनेपनि ७ सय कर्मचारी हुन्छन् । अभियानले अनुगमन गर्ने हो भने मात्र सहकारीलाई व्यवस्थितगर्न सकिन्छ । सरकारले मात्र अनुगमन गरेर सम्भव हुदैन ।
सरकारको अनुगमले सहकारीमा सुधार आउथ्यो भने ६ महिना अघि अनुगमन भएको संस्था आज किन समस्याग्रस्त भयो त ?अनुगमनको नेतृत्व कसले गरेको, र रिपोर्टमा के थियो भनेर खोज्ने हो छर्लङग हुन्छ ।
सहकारी अभियानलाई अब कसरी अघि बढाउने ?
सहकारी अभियानमा ३२ हजार संस्था चल्नु चानचुने कुरा होइन । राज्यले कुनै लगानी नगरी यत्रो संरचना आफै बन्यो । अबनेटवर्कलाई प्रयोग गरेर सवृद्धि हासिल गर्नुपर्छ । अब ५ वर्ष सहकारी दर्ता नगर्ने, जनसंख्याका आधारमा सहकारीको संख्या निर्धारण गर्ने, बढि भएका ठाउमा मर्जर गरेर घटाउने, मर्जर हुने संस्थालाई दुई÷तिनवर्ष कर फ्रि गर्ने हो भने सहकारीलाई व्यवस्थित गर्न सकिन्छ र हाम्रो संविधानले सहकारीबाट गरेको अपेक्षा पुरा हुन्छ ।
सन्दर्भ व्याजदर पूनरावलोकनको आवाज उठिरहेको छ, के भन्नुहुन्छ ?
अहिले बजारमा व्याजदर बढिरहेका बेला सहकारीको व्याज घटाउने भन्ने सवाल नै हुदैन । सरकारले जवरजस्ती व्याज घटाउने हो भने मै मान्दिन, सरकारले यसो भन्यो भनेर हाम्रा सदस्यलाई जोखिममा पार्ने हुदैन ।व्याजदर बजारले निर्धारण गर्ने विषय हो ।
बहुउद्देश्यीय सहकारी संघको नेतृत्वमा सहकारी बैंक दर्ता प्रक्रिया अघि बढाइएको हो?
यो नबुझ्नेले भन्ने कुरा हो । संघमा हामी २४ जनाको टिम छौं । त्यसमध्ये ३÷४ जना मात्र नयाँ सहकारी बैंकको अभियानमा हुनुहुन्छ । हाम्रो अध्यक्षले बैंकको पनि नेतृत्व गरेकाले त्यस्तो सन्देश गएको होला । तर, कानुनले गरेको व्यवस्था हामी सबैले मान्नुपर्छ । ऐनको व्यवस्था अनुसार आज नखुले भोली बैंक खुल्छ नै ।अहिले ३० हजार संस्थामध्ये १४ हजारमात्र सहकारी बैंकमा रहेकाले अर्को बैंक संचालन नहुने भन्ने सवालै आउदैन ।
वागमती प्रदेश बहुउद्देश्यीय सहकारी संघको विवाद के हो ?
मेरो अध्यक्षतामा एउटा संघ दर्ता गर्ने फाइलदर्ता गरेपछि केन्द्रीय संघको अध्यक्षले छुट्टै झुन्ड बनाएर नयाँ फाइल लगेर दर्ता गर्नुभएको छ । एउटा फाइल हुँदाहुदै रजिष्टार कार्यालयले पैसा खाएर अर्को फाइल दर्ता गर्र्यो । अहिले कानुनी अड्चन देखाएर यसलाई रोक्ने काम भएको छ ।
अन्त्यमा?
नेपालको सहकारी अभियानमा बहुउद्देश्यीय सहकारीहरुको एतिहासिक महत्व छ । संविधानले नै सहकारीमार्फत उत्पादनशिल काम गर्ने परिकल्पना गरेकाकाले एउटा सदस्यको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागि वहुउद्देश्यीय सहकारी नै आवश्यक छ । सहकारी भनेकै बहुउद्देश्यीयहो, बचत तथा ऋण त बैंक हो ।
