संस्था लिक्विडेसनमा लैजान तयार छौं, बचत ऋण परिवर्तन गर्दैनौं माधव प्रसाद तिमल्सिना सचिव, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि.

0 Shares

संस्था लिक्विडेसनमा लैजान तयार छौं, बचत ऋण परिवर्तन गर्दैनौं
माधव प्रसादतिमल्सिना
सचिव, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि.

बहुउद्देश्यीय केन्द्रीय संघ सिमित व्यक्तिको कब्जामा छ भन्छन् के हो वास्तविकता ?

नेपालभर बहुउद्देश्यीय सहकारीको संख्या ५ हजारका ेहाराहारीमा छ । तर, नेपाल बहुउद्देश्यीय केन्द्रीयसहकारी संघमा ४ सयको हाराहारीमा मात्र सदस्य भएकाले संघ सिमिति व्यक्तिको मात्र कब्जामा भयो भन्ने आरोप लाग्नु सामान्य हो । त्यसको सदस्यता बढ्न नसक्नुमा केहि प्राविधिक कठिनाई पनि छ । हामीले संघ सुरुवात गर्दा संघको सदस्य हुने संस्था राम्रोसँग संचालन भएको हुनुपर्छ, झोलामा बोकका संस्था मात्र हुनुहुदैन भनेर एउटा मापदण्ड बनायौं । तर अहिले त्यहि मापदण्ड अभिसाप भएको छ । त्यसलाई सुधार गर्न वर्षपिच्छे अनुरोध गरेपनि केहि साथीहरुले रेस्पन्स गरिरहनु भएको छैन । केहि साथीहरुले मापदण्ड अनुसार नै गर्नुपर्छ भनेका कारण तथा नेतृत्वले सामान्य ढंगले लिएकाले सदस्य बढाउन सकेका छैनौं ।
बाहिरबाट हेर्दा सदस्य नबढेका कारण सिमितव् यक्तिमै राख्नखोजिएको हो भन्ने जस्तो मात्र देखिएको हो । तर हामी अभियान बुझेका व्यक्तिहरु हौं, निकट भविश्यमा मापदण्ड खारेज गरेर सबैलाई गोलवद्ध गराएर जानुपर्छ भन्ने पक्षमा छौं ।

सहकारी ऐनको मुख्य व्यवस्था कार्यान्वयन गर्ने बेलामा दैनिक पत्रिकामा सूचना निकालेर ऐन नमान्नुहोस् भन्न पाइन्छ ?

५ हजार वहुउद्देश्यीय सहकारीलाई बन्दगर्ने गरी मुख्यकारोबारको प्रावधान लागू गर्न सम्भव नै छैन । यो विषयलाई नबुझेका पत्रकारले मात्र किन कार्यान्वयनन गरेको हो, ऐन भन्दा तपाईहरु ठूलो हो ?भन्ने जस्ता कुरा गर्छन् । त्यहि सहकारी कानूनले कूल कारोबारको ७० प्रतिशत बहुउद्देश्यीय काम गर्नुपर्छ भनेको छ, फेरी त्यहि कानुनमा बचतको रकम संस्थाले चलाउनपाइदैन भनेको छ ।
हामीले सहकारी ऐन २०७४ जारी भएपछि नै स्पष्ट रुपमा८÷१० वटा प्रावधान संसोधन नगर्ने हो भने २० वर्षमा पनि ऐन कार्यान्वयन हुदैन भनेका छौं । यहि ऐनका ८० प्रतिशत व्यवस्था राम्रो छन् जुन कार्यान्वयन हुन्छ । मुख्यकारोबार, दोहोरो सदस्यताको अन्त्य जस्ता विषय सहकारीका लागि सर्किण सोच हो ।
अब के गर्ने त ?
अहिलेसम्म नियमन निकायमा मुख्य कारोबारको विषय बुझ्ने व्यक्ति नआएकाले समस्या भएको हो । एउटा मान्छेलाई टाउकोले टेकेर हिड भन्दा केहि समय त हिड्ला तर खुट्टाले टेकेर हिड्दा गर्ने काम सबै छुट्छन् ।
अहिले सहकारी अभियानमा पनि बचत ऋण मात्र सहकारी हो भन्ने साथीहरु छन् ।उहाँहरु नेपालमा बचत तथा ऋण सहकारी भए पुग्छ जसरी वकालत गरिरहनु भएको छ । जसले जति बुझ्यो त्यहि भन्छ, सबैको फरक हुन्छ । तर बुझाइमा एकरुपता ल्याउन जरुरी छ ।

केहि संस्थाहरुले त नाम नै परिवर्तन गरी बचत तथा ऋण बनाउन थालिसके त ?

जसले सहकारीको मर्म नबुझी लैलैमा संस्था खोलेको छ उनीहरुले उद्देश्य परिवर्तन गर्ने हो । हामी संस्थामा ताला लगाएर लिक्विडेसनमा लैजान तयार छौं, बहुउद्देश्यीयबाट बचत ऋणमा जादैनौं । आज पनि मलाई दिनहुँ ५० जना साथीहरुको फोन आउछ, के गर्ने भनेर जो सहकारी नबुझी ह्विमका रुपमा आए उनीहरु मत्र हुन् उद्देश्य परिवर्तन तिर लाग्ने ।
सहकारी अभियानको विकृती कसरी हटाउने ?
सहकारी अभियानमा विकृती छ, तर सरकार मात्र यसको दोषीहोइन । यसकालागि सहकारी राम्रो हुन अभियान पनि सवल हुनुपर्छ । अहिले सरकार एकातिर अभियान अर्कातिर छ । स्थानिय देखि संघसम्म साढे ३ सय संघहरु छन् । सबैमा २ जनाको दरले प्राविधि ककर्मचारी राख्ने हो भनेपनि ७ सय कर्मचारी हुन्छन् । अभियानले अनुगमन गर्ने हो भने मात्र सहकारीलाई व्यवस्थितगर्न सकिन्छ । सरकारले मात्र अनुगमन गरेर सम्भव हुदैन ।
सरकारको अनुगमले सहकारीमा सुधार आउथ्यो भने ६ महिना अघि अनुगमन भएको संस्था आज किन समस्याग्रस्त भयो त ?अनुगमनको नेतृत्व कसले गरेको, र रिपोर्टमा के थियो भनेर खोज्ने हो छर्लङग हुन्छ ।

सहकारी अभियानलाई अब कसरी अघि बढाउने ?

सहकारी अभियानमा ३२ हजार संस्था चल्नु चानचुने कुरा होइन । राज्यले कुनै लगानी नगरी यत्रो संरचना आफै बन्यो । अबनेटवर्कलाई प्रयोग गरेर सवृद्धि हासिल गर्नुपर्छ । अब ५ वर्ष सहकारी दर्ता नगर्ने, जनसंख्याका आधारमा सहकारीको संख्या निर्धारण गर्ने, बढि भएका ठाउमा मर्जर गरेर घटाउने, मर्जर हुने संस्थालाई दुई÷तिनवर्ष कर फ्रि गर्ने हो भने सहकारीलाई व्यवस्थित गर्न सकिन्छ र हाम्रो संविधानले सहकारीबाट गरेको अपेक्षा पुरा हुन्छ ।

सन्दर्भ व्याजदर पूनरावलोकनको आवाज उठिरहेको छ, के भन्नुहुन्छ ?

अहिले बजारमा व्याजदर बढिरहेका बेला सहकारीको व्याज घटाउने भन्ने सवाल नै हुदैन । सरकारले जवरजस्ती व्याज घटाउने हो भने मै मान्दिन, सरकारले यसो भन्यो भनेर हाम्रा सदस्यलाई जोखिममा पार्ने हुदैन ।व्याजदर बजारले निर्धारण गर्ने विषय हो ।

बहुउद्देश्यीय सहकारी संघको नेतृत्वमा सहकारी बैंक दर्ता प्रक्रिया अघि बढाइएको हो?

यो नबुझ्नेले भन्ने कुरा हो । संघमा हामी २४ जनाको टिम छौं । त्यसमध्ये ३÷४ जना मात्र नयाँ सहकारी बैंकको अभियानमा हुनुहुन्छ । हाम्रो अध्यक्षले बैंकको पनि नेतृत्व गरेकाले त्यस्तो सन्देश गएको होला । तर, कानुनले गरेको व्यवस्था हामी सबैले मान्नुपर्छ । ऐनको व्यवस्था अनुसार आज नखुले भोली बैंक खुल्छ नै ।अहिले ३० हजार संस्थामध्ये १४ हजारमात्र सहकारी बैंकमा रहेकाले अर्को बैंक संचालन नहुने भन्ने सवालै आउदैन ।

वागमती प्रदेश बहुउद्देश्यीय सहकारी संघको विवाद के हो ?

मेरो अध्यक्षतामा एउटा संघ दर्ता गर्ने फाइलदर्ता गरेपछि केन्द्रीय संघको अध्यक्षले छुट्टै झुन्ड बनाएर नयाँ फाइल लगेर दर्ता गर्नुभएको छ । एउटा फाइल हुँदाहुदै रजिष्टार कार्यालयले पैसा खाएर अर्को फाइल दर्ता गर्र्यो । अहिले कानुनी अड्चन देखाएर यसलाई रोक्ने काम भएको छ ।
अन्त्यमा?

नेपालको सहकारी अभियानमा बहुउद्देश्यीय सहकारीहरुको एतिहासिक महत्व छ । संविधानले नै सहकारीमार्फत उत्पादनशिल काम गर्ने परिकल्पना गरेकाकाले एउटा सदस्यको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागि वहुउद्देश्यीय सहकारी नै आवश्यक छ । सहकारी भनेकै बहुउद्देश्यीयहो, बचत तथा ऋण त बैंक हो ।

Leave a Reply