महिला शक्ति सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

 

काठमाडौं महानगर पालिका वडा नं १४ बल्खुमा रहको महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा २०७८ कार्तिक २७ गते शनिबारका दिन संस्थाको आफ्नै कार्यालय प्रांगणमा औपचारिक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

कोरोना माहामारीको त्रास अहिले सम्म रहेकोले संस्थाले सुरक्षा पालनाको मापदण्ड अपनाई उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

त्यसैगरी संस्थाको सभाहलमा गरिएको सो कार्यक्रममा अतिथिहरु संस्थाकी संस्थापक अध्यक्ष डा.सुस्मा बास्कोटा बराल पुर्व प्रमुख कार्यकारी अधिकृत जमुना दाहाल, संस्थापक उपाध्यक्ष शान्ता बस्नेत, लेखा संयोजक तथा सदस्यहरु ऋण उपसमिति संयोजक तथा सदस्यहरु तथा अन्य उपसमितिका संयोजक तथा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै संस्थाको आर्थिक बार्षिक प्रतिवेदन सोही संस्थाकी कोषाध्यक्ष बबिता बस्नेत द्वारा प्रस्तुत गरिएको हो ।
साथै संस्थाले एसर्ईई उतिर्ण ९ जना बाल सदस्यहरुलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।
त्यसैगरी उत्कृष्ट ऋणीमा सुन्दरी दानी क्षेत्री, उत्कृष्ट दैनिक बचतकर्ता सिता खत्रीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
संस्थाले उत्कृष्ट कर्मचारी कार्यालय सहयोगी बिमला नगरकोटीलाई सम्मान पत्र तथा नगद पुरस्कार द्वारा सम्मान गरिएको थियो ।
संस्थाको÷ कुल पुजी १७ करोड ५० लाख ÷ सेयर पुजी–१ करोड ४३ लाख ऋण लगानी– १२ करोड, निक्षेप संकलन– ९ करोड ५० लाख र कर्जा लगानी–१२ करोड रहेको उल्लेख गरिएको छ ।
कार्यक्रम संचालन संस्थाका सचिव सुजता श्रेष्ठले गर्नुभएको थियो साथै सो कार्यक्रममा ५० जना भन्दा बढि सदस्यहरुको उपस्थिति  रहेको जानकारी गराईएको छ ।

Leave a Reply