नमुना महिला विकास सहकारी सेमलारको सहकरी शिक्षा शिविर कार्यक्रम सम्पन्न

0 Shares

रुपन्देहीको बुटवल नपा– सेमलारमा रहेको नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि को आज नमूना महिला विकास साकोस को शिक्षा समितीको आयोजनामा संचालित सहकरी शिक्षा शिविर कार्यक्रममा संयोजक तारा काफलेको अध्यक्षयता ’ संस्थाको अध्यक्ष श्री थमा अधिकारीको प्रमुख आतिथ्यमा र उपाध्यक्ष जमुना उपाध्याय को स्वागत मन्तव्य र शिक्षा समिती सदस्य कमला भण्डारी को संचालन मा कार्यक्रम सम्पन्न भएको संस्थाकी व्यवस्थापक मञ्जु गोदारको भनाई छ ।
उक्त कार्यक्रम को सहजीकरण नेफस्कुन फिल्ड कार्यालय बुटवल कार्यालय प्रमुख छत्र प्रसाद धमलाले गरेका थिए ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै रुपन्देही जिल्लामै नमुना महिला सहकारीको रुपमा स्थापित हुँदै विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रम संचालन गर्दै आएको सो संस्थाले सदस्यहरुलाई विविध प्रकारका तालिम, शिक्षा, गोष्ठी आवश्यकता अनुसार संचालन गरिरहेको छ

Leave a Reply