को अपरेटिभ मेनेजर्स क्लब कञ्चनपुर द्वारा मोटिभेसनल तालिम संचालन

0 Shares

कञ्चनपुरकोे– महेन्द्रनगरमा रहेको विभिन्न सहकारी संस्थामा आबद्ध व्यवस्थापकहरुको छाता संगठन को अपरेटिभ मेनेजर्स क्लब कञ्चनपुरको आयोजनामा कञ्चनपुरका विभिन्न सहकारीसँग आवद्ध कर्मचारी तथा पदाधिकारीलाई उत्प्रेरणा तालिम सम्पन्न गरिएको छ । संस्थाको प्रवद्र्धन तथा विकासमा क्षमता अभिबृद्धि गरी अगाडी बढ्ने उद्देश्यका साथ उक्त क्लबले मोटिभेसनल तालिमको कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रमको उद्घाटन उक्त क्लबका अध्यक्ष सुनिल कुमार सेठीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंङ्ग बहादुर मल्ल उपस्थित रहनु भएको थियो ।

सो उद्घाटन कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सेठीले सहकारी संस्था संचालनमा आईपर्ने समस्या आईपर्न नदिन क्लबले यस्ता खालका विभिन्न तालिम तथा परिक्षण दिईरहने जानकारी गराउनु भयो ।
त्यसैगरी उक्त मोटिभेसनल तालिम प्रमुख नवराज फुयाँलले त्यहाँ उपस्थित रहेका संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।

सो तालिममा राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिंह रानाभाट, राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका प्रमुख प्रकाश थपलिया लगायतको सहभागीता रहेका थियो ।
जिल्लाभरका विभिन्न संस्थामा आबद्ध ६२ जना कर्मचारीहरुको उपस्तिथि रहेको  उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव मदन भट्टले गर्नुभएको थियो ।

Leave a Reply