रुपन्देहीको उत्कृष्ट संस्था बुटवल बहुउद्देश्यीय सहकारीको २४ औं साधारण सभा सम्पन्न
रुपन्देहीको बुटवल उप.म.न.पा वडा नम्बर ९ मिलनचोकमा रहेको बुटवल बहुउद्देश्यीय सहकारी संस्था लि को २४ औं बार्षिक साधारण सभा २०८७ मंसिर ४ गते शनिबारका दिन बुटवल उप.म.न.पा ११ मा रहेको भू.पू.सैनिकको सभाहल देवीनगरमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन सोहि संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बिष्णु प्रसाद शार्माले गर्नुभएको थियो ।
साथै सो कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ प्रसाद भुषालले आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले असल सदस्य सम्मान टंक प्रसाद कँडेल, खगुलाल गिरी यज्ञ प्रसाद शर्मा, नारायण प्रसाद रेग्मी डासीराम अधिकारी लाई प्रमाण पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी संस्थाले आफ्ना शेयर सदस्यहरुको छोराछोरी मध्येबाट+2 मा उत्तिर्ण विनिता पन्थी,B.s.c मा सन्ध्या श्रेष्ठ र
m.p.h मा गौरव देवकोटालाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो
साथै जेष्ठ नागरिक सदस्यहरुलाई पनि दोसल्ला ओढाई हर्लिक्स र नगद उपहार सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव बुद्धिमान थापाले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले गर्नु भएको हो ।
साथै संस्थाको १० औं अधिवेशनबाट ४ वर्ष कार्यकाल रहने गरी अर्जुन रानाभाटको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्बिरोध चयन भएको छ।
.संस्थाको २०७८ असारमसान्त सम्म सेयर पुँजी १२ करोड २८ लाख ६५ हजार रुपैया, ऋण लगानी– १ अर्ब २३ करोड ३७ लाख ४ हजार ९२ रुपैया, निक्षेप संकलन– १ अर्ब ३७ करोड ६८ लाख ८ हजार १३४ रुपैया कुल कारोबार– १ अर्ब २ करोड ३३ लाख रुपैया, मुनाफा– १ करोड ८७ लाख १० हजार ४५८ रुपैयाँ,सदस्य संख्या– पुरुष सदस्य ९२९ महिला सदस्य– ७१० गरेर जम्मा सदस्य संख्या १६,३९ रहेको जानकारी सोही संस्थाका ब्यवस्थापक गोविन्द गिरीले सहकारी सञ्जाललाई जानकारी दिनु भयो