जिल्ला सहकारी संघ मोरङले आज गर्यो परिचयात्मक कार्यक्रम सम्पन्न

0 Shares

जिल्ला सहकारी संघ मोरङले विराटनगरमा आज संघको आफ्नै सभाहलमा परिचयात्मक कार्यक्रम सम्मन्न गरेको छ ।
सो कार्यक्रमको अध्यक्षता सो संघका अध्यक्ष डिल्ली पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल रहनु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्ष डि.बी बस्नेत, राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला सदस्य तथा सहकारी सञ्जाल मासिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक कृष्ण प्रसाद ढुंगेल लगायत विभिन्न संस्थामा आबद्ध सहकारीकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
संघले परिचयात्मक कार्यक्रमको अवसर पारेर संघले राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई अन्तराष्टिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्र आई.सी ए, एपी को क्षेत्रीय बोर्ड सदस्यमा हालै निर्वाचित भएका कडेललाई बधाई ज्ञापन समेत गरेको छ ।
सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै उक्त जिल्ला संघका अध्यक्ष डिल्ली पोखरेलले नेपालको सहकारी अभियानलाई विश्वभर जोड्नको लागि आई.सी ए, एपी को क्षेत्रीय बोर्ड सदस्यमा नियुक्त भएका महासंघका अध्यक्ष कडेलले सहकारी अभियानलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसका साथै उनले राज्यले सन्दर्भ व्यजदर रातारात बढाउने र घटाउने कार्यले सहकारी संस्थामा यसको असर परिररहेको जानकारी गराउनुभयो । यसमा राज्यले सन्दर्भ व्याजदर तोक्ने काम नगरी स्प्रेड दर मात्र कायम गरेको भएको भए संस्था संचालनमा केहि राहत हुने उनको भनाई थियो । कर्जा असुली केन्द्रको विषयमा पनि राष्ट्रिय सहकारी महासंघले पहल गर्न नसकेको र महासंघ तालिम केन्द्रको रुपमा मात्रै सिमित रहेको हो कि भन्ने कुराको आंशक समेत रहेको उनको थप भनाई थियो । कार्यक्षेत्रको विस्तारमा पनि ठूला सहकारीले साना सहकारीहरुलाई कार्यक्षेत्रको विस्तारमा केहि पेल्ने काम गरिरहेको पनि उनको आरोप थियो । अब भोलिका दिनहरुमा राष्ट्रिय सहकारी महासंघले स्थानीय स्तरमा रहेका सहकारी संस्थाहरुलाई आवश्यक तालिम शिक्षा र गोष्ठीको आयोजना गर्नुपर्ने जोड दिएका थिए ।

त्यसैगरी महासंघका अध्यक्ष कडेलले यस जिल्ला सहकारी संघ मोरङले आयोजना गरेको परिचयात्क कार्यक्रम प्रति आफुलाई खुशी लागेको बताउनुभयो ।
साथै उहाँले आफु अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्र आई.सी ए, एपी को क्षेत्रीय बोर्ड सदस्यमा नियुक्त भएकाले अब भोलिका दिनमा चुनौतीका साथ सहकारी अभियानलाई अगाडि बढाउनेमा जोड दिनुभयो ।
साथै उहाँले सहकारी सन्दर्भ व्याजदरको विषयमा केहि मेची महाकालीका सहकारी संस्थाहरुले १८÷२२ प्रतिशत व्याजदर आफुखुसी निर्धारण गरी सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना नगरी गरेको कार्यप्रति उहाँको गुनासो थियो । सन्दर्भ व्याजदरको विषयले समग्र सहकारी अभियानमा परिररहेको असरलाई मध्यनजर गरी यसको समस्यालाई सहकारीकर्मीको भावना र सिद्धान्त अनुरुप अगाडि बढाउनेमा उहाँले सुझाव दिनुभयो ।
सहकारी ऐन संशोधनको विषयमा छलफल भईरहेकोले उक्त ऐनमा रहेका केहि बुँदाहरुलाई सहकारीमैत्री बनाउन महांघले जोड दिनेमा उहाँको थप भनाई थियो । कर्जा असुली केन्द्रको विषयमा पनि महासंघले एउटा कार्यविधि बनाई राज्यलाई पहल गरिरहेको समेत जानकारी गराउनुभयो । सामाजिक आर्थिक, सांस्कृतिक र बातावरणीय यी ४ क्षेत्रभित्र महांघले काम गरिरहेको र राज्यको समृद्ध नेपाल सुखी नेपालको नारामा पनि सहकारी क्षेत्र जोडिएकाले अब सहकारी क्षेत्र थप मजबुद हुनेमा समेत उहाँको जोड रहेको थियो ।
त्यसैगरी राष्टिय सहकारी महासंघका उपाध्यक्ष पोखरेलले आफ्नो छोटो मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ मोरङले आयोजना गरेको परिचयात्मक कार्यक्रम आयोजना गरी सहकारी अभियानका धेरै विषयमा छलफल गरी सहकारीकर्मीहरुको भनाई र गुनासोलाई उक्त कार्यक्रम मार्फत बहस गर्न पाएको प्रति आफुलाई खुशी लागेको बताउनुभयो ।
उक्त कार्यक्रमका अतिथि तथा संघका सल्लाहकार रामचन्द्र गौतमले राज्यले सहकारीमा तोकेको सन्दर्भ व्याजदर खारजे गर्नुपर्ने बताए । साथै उनले सहकारी रजिष्ट्रार जनताको पैसाको मालिक जस्तै भएको र सहकारी सन्दर्भ ब्याजदर उसले तोक्ने होईन बजारले तोक्ने हो अहिले बैंक र सहकारी प्रति प्रतिस्पर्धा देखिएकाले सहकारी संस्था संचालनमा धेरै असर परिरहेको अवस्थामा सम्बन्धित निकाय मौन रहेको समेत जानकारी गराए । साथै उनले सहकारी संस्था स्वन्तन्त्र अधिकार भएको संस्था भएकाले सहकारी संस्थालाई अंकुश लगाउने काम नगर्न उनले सुझाव समेत दिएका थिए ।
सोहि कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ संचालक उमेश गुरुङले नेपाल बचत तथ ऋण केन्द्रिय सहकारी संघ –नेफ्स्कुन) ले बचत तथा ऋण सहकारी संघको छुट्टै ऐन आउने कुरा चलिरहेको भएपनि यो विषय किन छलफल हुन सकिरहेको छैन, यो विषयमा पनि नेफ्स्कनले चाडो भन्दा चाडोआवाज उठाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी तिरुमाला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष उदय बरालले राज्यले तोकेको सन्दर्भ व्याजदर अव्यवहारिक भएकाले यसलाई पुनरावलोकन गनुृपर्ने बताउनुभयो ।
सो परिचयात्कम कार्यक्रमको संचालन उक्त संघका सचिव तथा गोपाल बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष विरेन्द्र यादवले गर्नुभएको थियो ।

Leave a Reply