नेपालकै नमुना सहकारी विकु सहकारीको ३२ औं वार्षिक साधारण सभा (इकाई–२)सम्पन्न
नवलपुरको गैडाकोट नपा–८ बिजयनगरमा केन्द्रिय कार्यालय रहेको नेपालकै नमुना सहकारी विकू वचत तथा ऋण सहकारी संस्था लि को इकाइ केन्द्र स्तरिय इकाइ २ को ३२ औं वार्षिक साधारण सभा सम्मन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका सह–सचिव माया कंडेलले गर्नुभएको हो ।
उक्त कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रहनु भएका नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त विकू सहकारी बचत तथा ऋणमा मात्र सिमित नभई सहकारी अभियानमा एउटा सिकाईको केन्द्र रहेको वताउनु भयो ।
त्यसैगरी संस्थाले नीति विधि र प्रविधिलाई आत्मसाथ गरेकै कारण संस्था यहाँसम्म आईपुग्न सफल भएको वताउनु भयो ।
कार्यक्रमको विशिष्ट अतिथि रहनुका भएका संस्थाका निवर्तमान अध्यक्ष केशव प्रसाद सापकोटाले स्मार्ट विकूको परिकल्पना गरिएको बताउदै जगेडा कोषमा आधारित संसारकै तेस्रो उत्कृष्ट सहकारी बनाउने लक्ष्य लिएको बताउनु भयो ।
कार्यक्रमको गत वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक निति तथा कार्यक्रम संस्थाका सचिव प्रेम प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने गत वर्षको आर्थिक विवरण र चालु वर्षको लागि वार्षिक वजेट संस्थाका कोषाध्यक्ष कालीदास गौडेलले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कमल सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय देवचुली र गैंडाकोट नगरपालिकाका जन–प्रतिनिधिहरु संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, शेयर सदस्यज्यूहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वर्षभरी विभिन्न वित्तिय तथा गैर वित्तिय कार्यक्रममा संलग्न हुने उत्कृष्ट सदस्य तथा संघ संस्थालाई पुरस्कार वाट सम्मानीत पनि गरिएको थियो ।
सो कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।

