ज्ञानलक्ष्मी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठमाडौंको बुढानिलकण्ठ नपा– नारायणचोकमा रहेको ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा यहि २०७८ मंसिर १८ गते शनिबारका दिन दियो ब्याङ्क्वेट धुम्बाराहीमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव देवराज न्यौपानेले उद्घाटन गरेका थिए ।
विशिष्ट अतिथिहरुमा जेष्ठ नागरिक पुरस्कार कोषका संरक्षक तथा समाजसेवी हरिभक्त बुढाथोकी र कृष्ण प्रसाद पाठक रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा हिमाल डेण्टल हस्पिटलका प्रमुख डा.राजेन्द्र भट्ट, गोल्डेन लाईफ बचत तथा ऋण सहकारी संस्था लि.कपनका कोषाध्यक्ष विनोद आचार्य, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का महिला सञ्जालकी अध्यक्ष संजिता पौडेल लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्तिथि रहेको थियो ।
साथै सो कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले यस संस्थाले आफ्नै भवनबाट वितिय कारोबार गरेको हुनाले सदस्यहरुलाई निर्धक्क भएर बचत गर्न आग्रह गरे । साथै सदस्यहरुलाई बैंकमा भन्दा सहकारीमा कारोबार गर्दा सहज हुने कुरामा उनको जोड थियो ।
कार्यक्रममा सोही संस्थाका अध्यक्ष रविन्द्र जंग थापाले ०७७÷०७८ को बर्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साथै संस्थाका उपाध्यक्ष डोर प्रसाद आचार्यले स्वागत मन्तव्य र कार्यक्रम संचालन संस्थाका संचालक समितिका सचिव वसन्तलाल लामिछानेले गर्नुभएको हो । संस्थाले आफ्ना सदस्यहरुलाई १३ प्रतिशत बोनस समेत वितरण गरेको छ ।

बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले ज्ञानलक्ष्मी जेष्ठ नागरिक सम्मान २०७८ बाट पुरुषमा शेर बहादुर कार्की तथा महिलामा कृष्णमाया पन्तलाई सम्मान गरिएको थियो । साथै ज्ञानलक्ष्मी शैक्षिक सम्मान आर्यन कुशवाह र वजस्वी पोखरेललाई प्रदान गरेको थियो ।
उत्कृष्ट बचतकर्तामा उद्वव दाहाल, उत्कृष्ट कर्मचारी सम्मान सम्झना लुइँटेल, संस्थागत सम्मान नर बिष्णुमाया सनक भगवति प्रतिष्ठान लाई गरिएको हो ।
संस्थाका संचालक समितिका सदस्य ज्ञान बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्तसम्म सेयर पुजी– २ करोड २७ लाख ६१ हजार ६०० रुपैया, बचत संकलन– १२ करोड ९६ लाख ६५ हजार ५५ रुपैया, ऋण लगानी– १३ करोड २३ लाख ८१ हजार ४६१ रुपैया,ँ कुल कारोबार– १७ करोड ५२ लाख २२ हजार ८५० रुपैया र संस्थामा आबद्ध सदस्य संङख्या– २,७२५ रहेको सोही संस्थाका ब्यवस्थापक निर्मल बास्तोलाले सहकारी सञ्जाललाई जानकारी दिनुभयो ।

Leave a Reply