सर्वशुलभ सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वा चोकमा आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको सर्वसुलभ बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा २०७८ मंसिर २४ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सतेन्द्र ठाकुरले उद्घाटन गरेका थिए ।
त्यसैगरी कार्यक्रमको बिशिष्ट अतिथिहरुमा जितपुर सिमरा उपमहानगर पालिका वडा नम्बर १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, कलैया उपमहानर पालिका वडा नम्बर २४ का हरिलाल चौधरी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुन फिल्ड पर्साका कार्यलय प्रमुख बृजेश गुप्ता, राष्ट्रिय सहकारी बैंक सिमरा शाखाका शाखा प्रमुख सुरेश लागे तथा अतिथिहरुमा जुनेली महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष प्रभादेवी पाश्वान, साना किसान कृषि सहकारी संस्था लि.का उपाध्यक्ष फुल कुमारी बस्नेत, राम जानकी प्रा. वि.सखुईका प्रध्यानाध्यापक ऋषिकान्त श्रीवास्तव, सिम्बारा प्रेसका संचालक नवराज न्यौपाने, कलैया उपमहानगर पालिकाका पुर्व मालपोत अधिकृत पुण्य जोशी, रेडियो आकाशवाणी रेडियो समर्पणका पत्रकार बिदुर खडका,सयपत्री अनलाईनका पत्रकार सीता अधिकारी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठाकुरले सदस्य हरुको साथ सहयोगले नै संस्थालाई बलियो बनाउन मद्दत गर्ने बताए ।
सदस्यहरुले बैंकमा भन्दा सहकारीमा नै कारोबार गर्नुपर्ने कुरामा जोड दिँदै उनले संस्थालाई curbs प्रोग्राममा आवद्ध हुन आग्रह गरे ।
साथै उक्त संस्थाको बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाले आगामी दिनहरुमा अझै प्रगति गर्दै जानुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोही संस्थाका अध्यक्ष हुतराज ढुङ्गानाले संस्थाको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक श्यामचन्द्र प्रसाईंले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका सल्लाहकार सदस्य बिनिल प्रसाद अधिकारीले गर्नुभएको हो ।
कार्यक्रम संचालन सोही संस्थाका ब्यवस्थापक कृष्ण बुढाथोकीले गर्नुभएको थियो
शुभकामना मन्तब्य संस्थाका पुर्व संचालक अध्यक्ष तथा हाल सल्लाहकार संयोजक धुव्र सिग्देल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले राख्नु भएको थियो । ्
संस्थाले कर्मचारी सम्मान कार्यालय सहायक सुनिता चौधरी, उत्कृष्ट बचतकर्ता दुर्गा बहादुर राना मगर, राजवंशी यादव, आसारामी लमनी उत्कृष्ट ऋण कारोबारकर्ता गणेश प्रसाद सापकोटा, नेसा खातुन लाई सम्मान गरेको हो ।
साथै संस्थाले राम जानकी प्रा.वि.सखुइका छात्र छात्रालाई शैक्षिक सामाग्री समेत वितरण गरेको थियो
सो कार्यक्रममा संस्थाका अतिरिक्त क्रियाकलापमा महत्वपूर्ण योगदान पु¥याए बापत नवराज न्यौपानेलाई सम्मान गरिएको थियो ।
संस्थाले उक्त साधारण सभाबाट विभिन्न निति तथा कार्यविधि निर्माण गरी विनियम थप तथा संशोधन प्रस्ताव सहित पारित गरिएको जानकारी गराएको छ ।
सदस्यहरुलाई नियमित रुपमा विभिन्न रेमिट्यान्स सेवाहरु उपलब्ध गराउँदै आएको उक्त संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्तसम्म संस्थाको सदस्य सङख्या पुरुष ५६४ महिला ३६८ गरी जम्मा सदस्य संख्या ९३२, सेयर पुजी– ९१ लाख ९२ हजार ८००, ऋण लगानी– ६ करोड ४ लाख ३० हजार १७ रुपैयाँ, बचत संकलन– ५ करोड ५२ लाख १८ हजार ५२३ रुपैयाँ, कुल कारोबार– ८ करोड ४६ लाख ८७ हजार ३९२ रुपैयाँ रहेको जानकारी गराईएको छ ।
कलैया उपमहानगर पालिका वडा नम्बर २४ सखुई को रामजानकी प्रा. वि.मा संस्थाले कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाले हरेक बर्ष साधारण सभाको अवसरमा संस्थाको कार्यक्रममा नृत्य प्रस्तुत गरि मनोरञ्जन गराउने मिशन एकेडमी स्कुलका छात्राहरुलाई यस वर्ष पनि संस्थाको तर्फबाट सम्मान गरी मायाको चिनो समेत प्रदान गरेको छ ।