पर्साको उत्कृष्ट संस्था जनसंरक्षण सहकारीको १० औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

पर्साको बिरगंज महानगर पालिका वडा नम्बर १६ नगवा बिरगंजमा रहेको जनसंरक्षण बचत तथा ऋण सहकारी संस्था लि.को १० औं बार्षिक साधारण तथा १० औं स्थापना दिवस सभा २०७८ पुष ३ गते शनिबारका दिन देव होटल एण्ड पार्टी प्यालेस बिरगंजमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुनका संचालक हरेराम पटेल विशिष्ट अतिथिहरुमा राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान संचालक सदस्य शम्भु प्रसाद गुप्ता, बिरगंज महानगर पालिका सहकारी शाखाका अधिकृत राजेन्द्र हरि शर्मा र अतिथिहरुमा को अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष तथा श्रीनिधी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक चन्देश्वर प्रसाद चौरसिया जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव तथा कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक जिष्णु बराल राष्ट्रिय सहकारी बैंक बिरगंज शाखाका शाखा प्रमुख संजय कुमार महत्तो डिभिजन सहकारी कार्यलय पर्साका पुर्व अधिकृत दुर्गा प्रसाद जैसवाल, बिरगंज महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष श्याम बाबु चौरसिया लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधि हरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले संस्थाले कोरोनाको समयमा सदस्यहरुलाई राहत वितरण तथा विभिन्न सामाजिक कार्यक्रमहरु गरेको र संस्थाले यस वर्ष १०० प्रतिशतका दरले कारोबारमा वृद्धि गरेकोले संस्था प्रति बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा अझै धेरै प्रगति गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
साथै सो कार्यक्रममा उत्कृष्ट सदस्य सम्मान गिर्जानन्द लाल दास,विमला देवि वर्णलाल, पवन कुमार शाह,राजेन्द्र कुमार चौरसिया, उमेश कुमार पण्डित लाई सम्मान गरिएको थियो साथै उत्कृष्ट कर्मचारी सम्मान रोशनी वर्णलाल लाई गरिएको थियो ।
सो कार्यक्रमको संचालन कमला गिरीले गर्नुभएको थियो स्वागत मन्तब्य प्रिन्स श्रीवास्तवले गर्नु भएको थियो साथै
संस्थाको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्षले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सहजीकरण तथा कार्यक्रम समापन सोही संस्थाका ब्यवस्थापक नरेश कुमार चौरसियाले गर्नु भएको हो ।
संस्थाको असार मसान्तसम्मको सदस्य संङख्या ७९१ रहेको छ भने सेयर पुजी–२२ लाख ७१ हजार ५०० रुपैया, निक्षेप संकलन– ३ करोड ३८ लाख ६३ हजार ७२९ रुपैया, कर्जा लगानी– ३ करोड ८ लाख ६१ हजार ७८५ रुपैया,ँ कुल कारोबार–५ करोड ९ लाख १९ हजार २८६ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

Leave a Reply