रौतहटको चन्द्रोदय सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न
रौतहट जिल्लाको चन्द्रपुर न.पा.४ चन्द्रनिगाहपुरमा आफ्नै भवनबाट वित्तिय कारोबार गर्दै आईरहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा यहि २०७८ पुष ३ गते शनिबारका दिन होटल अशोका चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका प्रदेश नम्बर २ का संघिय सांसद देव प्रसाद तिमिल्सिना र विशिष्ट अतिथिहरुमा ईलाका प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत हेमराज फुँयाल, नेपाल रेड्क्रस सोसाइटी भरतपुर शाखाका शाखा प्रमुख रमेशकान्त पौडेल,राष्ट्रिय सहकारी बैंक चन्द्रनिगाहपुर रौतहटका शाखा प्रमुख रुपा थापा र अतिथिहरुमा ईलाका प्रहरी कार्यालय रौतहटका प्रमुख लिलाधर लामिछाने, संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु पोखरेल, विन्दवासिनि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द कोइराला,हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विर बहादुर राना मगर, स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना, एकिकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्का, गुन्जन एफ एम चन्द्रनिगाहपुरका स्टेसन म्यानेजर संजय कार्की लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधि हरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले सहकारी संस्थाले नागरिकको जिवनस्तर उकास्न पु¥याएको योगदानको कदर गर्दै सामाजिक कार्यमा अगाडि बढेको यस संस्थामा निर्धक्क भएर सदस्यता बन्न आग्रह गर्नुभया,े हाम्रो चन्द्रोदय राम्रो चन्द्रोदय स्वच्छ सफा हराभरा चन्द्रपुर नगर यहि छ चन्द्रोदय सहकारीको रहर भन्ने नाराको प्रसंसा गर्दै संस्थाको उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सोहि संस्थाका अध्यक्ष प्रकाश सुनुवारले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसगरी संस्थाले चन्द्रपुर हस्पिटल र चन्द्रोदय सहकारीको सहकार्यमा रक्तसञ्चार कोष समेत खडा गरिएको छ । लगडाउनको समयमा रक्तदान कार्यक्रम गरी विपन्न परिवारलाई सहुलियतको समेत ब्यवस्था गरिएको थियो ।
साथै संस्थाको चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको सबै वडाहरु समेत कार्यक्षेत्र रहेको छ । संस्थाले जेष्ठ नागरिक सदस्य तर्फ पुरुष १ जना महिला १ जनालाई मायाको चिनो सहित खादा ओढाएर सम्मान गरिएको थियो साथै नियमित बचत सम्मान कल्याणी श्रेष्ठ, असल बचतकर्ता शिवमाया कार्की, असल कारोबारी नबिना कार्की,असल बालबचत रिदम बम्जन लाई सम्मान गरिएको थियोे ।
सो कार्यक्रमको संचालन बसन्त कुमार आचार्यले गर्नुभएको थियो स्वागत मन्तब्य संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेव अधिकारीले गर्नुभएको हो ।
साथै सो कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक शुभ नारायण चौधरीले गर्नुभएको थियो संस्थाको २०७८ असार मसान्तसम्मको सदस्य सङख्या २,३११ रहेको छ भने सेयर पँुजी– १ करोड ७६ लाख ७१ हजार २ सय रुपैया, ऋण लगानी– ८ करोड ८३ लाख २८ हजार २३४ रुपैया,
जगेडा कोष– ५१ लाख ८९ हजार ७७१ रुपैया र कुल कारोबार– १३ करोड ९८ लाख ४३ हजार ९ सय ९३ रुपैया रहेको उल्लेख गरिएको छ ।

