सर्लाहीको स्वस्तिक सहकारीले  गर्यो १००० भन्दा बढिको आँखा उपचार

0 Shares

सर्लाहीको स्वस्तिक सहकारीले  गर्यो १००० भन्दा बढिको आँखा उपचार
सर्लाही ईश्वरपुर नपा– वयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी द्धारा आँखा शिविर कार्यक्रम सम्पन्न गरिएको छ । सो आखाँ शिविरमा ९३५ जना आँखाका रोगिहरुले परिक्षण गराएका छन ।
भरतपुर आखा अस्पतालको प्राविधिक तथा डार्क फाउण्डेशन, पार्टनर इक्युटिको आर्थिक सहयोगमा सर्लाही जिल्लाको ईश्वरपुरमा रहेको स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २०७८ पौष ३ गते देखि भईरहेको सप्ताहव्यापी आँखा शिविरमा हाल सम्म ९३५ जना आँखाका रोगिहरुले आँखा जाँच गराइएको जानकारी गराईएको छ ।
सर्लाही जिल्लाको चन्द्रनगर गा.पा. ७ नाढीमन तालमा स्थानिय सह–आयोजक दनुवार कल्याणकारी समिति सर्लाही, ईश्वरपुर १५ सोकनाह मा रहेको शुभ एकाडेमिको सह–आयोजना र ईश्वरपुरको वयलवास वजारमा रहेको स्वस्तिक साकोस गरी तीन ठाउँमा संचालन गरिएको शिविरवाट हाल सम्म धेरै संख्याका आँखाका रोगिले लाभ लिएको साकोसका व्यवस्थापक विनोद थापाले जानकारी गराउनुभएको छ ।
त्यसैगरी सो आँखा शिविरबाट २७५ जना मोतियाविन्दुका रोगि निस्किएका विरामीहरुको नेत्रज्योति संघ भरतपुरका डाक्टरहरु द्वारा निशुल्क मोतिविन्दुको अपरेशन गराईएको संस्थाका व्यवस्थापक थापाले जानकारी दिनुभयो ।
संस्थाको वार्षिक योजना अनुरुप हरेक वर्ष तीन वटा मानविय तथा सामाजिक कार्य गर्ने लक्ष अनुरुप यस वर्ष नेपाल नेत्रज्योति संघ भरतपुर संग समन्वय गरि पौष ३ गते चन्द्रनगर, पौष ४ गते सोकनाह र ५,६,७ र ८ गते स्वस्तिक साकोसको वयलवासको भवनमा आँखा शिविर गरि स्थानिय अस्पताल ईश्वरपुरको धनपटि डाँडा मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मै मोतियविन्दुका रोगिहरुको आँखा अपरेशन गराईएको संस्थाका अध्यक्ष वेनी वहादुर कार्कीले जानकारी दिनुभयो ।
चौथो दिन सम्ममा ९३५ जनाले परिक्षण गरि २७५ जना मोतिया विन्दु देखिएका विरामी अपरेशन गराईएको र यो क्रम ७ र ८ गते पनि आँखा परिक्षण हुने भएकाले यो संख्या अझ वढेर जाने भरतपुर आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply