शुक्रपथ सहकारीले सेवा केन्द्र १२ पु-याउँदै
काठमाडौं महानगर पालिका वडा नम्बर २२ प्युखा न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि को ११ औं बार्षिक साधारण सभा २०७८ पुष १० गते शनिबारका दिन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धर को प्रमुख आतिथ्यतामा
कालिमाटी ब्याङ्क्येट कालिमाटीमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज कुमार थापा, राष्ट्रिय सहकारी बैंकका संचालक तथा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ काठमाडौं महानगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकोटा, राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाईं, केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका महासचिव माधव प्रसाद तिमिल्सिना लगायतका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।
साथै सोहि संस्थाका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष आनन्द कुमार राउतले गरेका थिए ।
उक्त कार्यक्रमको अवसरमा उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य,उत्कृष्ट सेयर सदस्य,उत्कृष्ट बचतकर्ता लाई समेत सम्मान गरिएको थियो
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दे आईरहेको सो संस्थाले हालसम्म सदस्यहरुलाई १० वटा स्थानहरुबाट बचत ऋणको कारोबार मार्फत सेवा प्रदान गरिरहेको छ ।
संस्थाले सोहि सभा मार्फत २ वटा सेवा केन्द्र थप गर्ने घोषणा समेत गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो संस्थाको आर्थिक बर्ष २०७८ असारमसान्त सम्म १ अर्ब ४१ करोड ८२ लाख ७२ हजार निक्षेप संकलन, शेयर पुँजी २० करोड ५२ लाख ६३ हजार,१ अर्ब ५९ करोड २७ लाख ५२ हजार कर्जा लगानी रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

