सुनसरीको उत्कृष्ट संस्था सरोकार सहकारीको ८ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

सुनसरीको हरिहर नपा– २ भुटाहा बजारमा मुख्य कार्यालय रहेको सुनसरी जिल्लाकै नमुना सहकारी संस्था सरोकार बचत तथा ऋण सहकारी संस्था लि. को ८औं वार्षिक साधारण सभा मिति २०७८ साल पुस १५ गतेका दिन भव्यताका साथ  सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका माननीय सांसद ताहिर अन्सारी गर्नुभएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिको रुपमा हरिनगर गाउँ पालिकाका अध्यक्ष गफार अन्सारी लगायत स्थानिय, समाजसेवी लगायत विभिन्न सहकारी संस्थाका आबद्ध प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष सलामुद्दिन अनसारीले राख्नुभएको हो ।
संस्थाका संचालक समिति सदस्य अकिल अन्सारी, आजाद अन्सारी र अकिल अहमद सिद्दिकीले पनि अ–आफ्ना मन्तब्य राख्दै उहाँहरुले आफ्ना सदस्यहरुको साथ र सहयोगले मात्रै संस्था अगाडि बढ्नमा जोड दिनुभयो ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विनोद कुमार शर्माले आ.व. ०७७।०७८ को आय व्यय प्रस्तुत गर्दै संस्थाले २६ करोडको पुँजी संकलन गरी शेयर बोनस ८ प्रतिशतको दरले वितरण गर्ने बताउनु भयो । यसै गरी संस्थाले साधारण सभामा शरिक रहेका प्रत्येक सहभागी सदस्यहरुका लागि गम्छा, साधारण सभाभत्ता र खाजाको व्यवस्था गरेको जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाको शुभकामना मन्तब्य राख्दै राष्ट्रिय सहकारी बैंक ईनरुवा शाखाका शाखा प्रमुख प्रेम कुमार श्रेष्ठले हरिनगर गाउँपालिका एक नियामक निकायको रुपमा रहेको कारण यसले सहाकारी क्षेत्रको नियमन, विकास र प्रवद्र्धनमा अहम भुमिका खेल्न सक्ने कुरा औल्याउनु भयो । त्यसै गरी एडभान्स एफएमका प्रबन्ध निर्देशक ताविल अन्सारीले सरोकार बचत तथा ऋण सहकारी संस्था लि. ले वर्तमान अवस्थामा मलखाद बिक्री वितरणमा विभिन्न सहकारी संस्थाहरुले गरिरहेको बद्मासीको विषयलाई खण्डन गर्दै गाउँपालिका अध्यक्षको यो कुरामा ध्यानाकर्षण गर्नु पर्ने बतानुभयो
साथै किसान सदस्यहरुका लागि मलखाद बिक्री वितरण तथा कृषि औजारको क्षेत्रमा सरोकार बचत तथा ऋण सहकारी संस्था लि. ले पनि काम गर्नु पर्ने सुझाव दिनुभयो ।
संस्थाको शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथिको रुपमा रहेका गाउँ पालिका अध्यक्ष गफार अन्सारी र प्रमुख अतिथिका रुपमा रहेका माननीय सभासद ताहिर अन्सारीले संस्थाको कामकाज प्रति आफ्नो पुर्ण सन्तुष्टि र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
साथै यो संस्था देशकै नमुना र अरु सहकारी हरु का लागि मार्गदर्शक बनोस भनि शुभकामना ब्यक्त गर्नुभयो ।
संस्थाका निबर्तमान अध्यक्ष मोजम्मिल हकले १ लाख रकमबाट शुरुवात भएको यो संस्थाका संस्थापक सदस्य हरुको उच्च मुल्यांकन गर्दै उहाँहरुले दिदै आउनु भएको साथ र सहयोगका लागि धन्यवाद ब्यक्त गर्नुभयो ।
सोहि संस्थाका अध्यक्ष हकले संस्थाका वित्तीय सेवाहरुको बारेमा बोल्दै हाल संस्थाले आफ्ना सदस्यहरुलाई ३६५ दिने बैंकिङ सेवा, रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ सेवा, एबिबिएस सेवा, ब्रानचलेस बैंकिङ सेवा र एटिएम सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो ।
यसै गरी संस्थाको ८ वर्ष र ८ वटा गैर वित्तीय कार्यक्रम संस्थाको गैर वित्तीय सेवाहरु मध्ये सदस्य राहत सेवा, स्वास्थ्य बिमा कार्यक्रम, छात्रबृत्ति कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम, चिसोमा न्यानो टोपी वितरण कार्यक्रम, करेसाबारीमा सहयोग कार्यक्रम, युवाहरुका लागि खेलकुदमा सहयोग र स्कुल स्कुलमा सरोकार जस्ता कार्यक्रम संचालन गर्ने जानकारी गराउनुभयो ।
हाल संस्थामा रहेका विभिन्न प्रकारका बचत सेवाहरु मध्ये दैनिक बचत, अनिवार्य मासिक बचत वार्षिक बचत, ऐच्छिक बचत, विशेष वचत र सरोकार बचत, चुन्नीमुन्नी बचत, महर बचत, हज बचत, समुह बचत, पेन्सन बचत र संचय कोष बचत जस्ता प्रमुख बचत योजनाहरु रहेको जानकारी गराउनुभयो ।
त्यसैगरी संस्थाका विभिन्न प्रकारका समाजिक कार्य संचालन गर्न फण्ड बचत योजनाहरु जस्तै ईमरजेन्सी एण्ड रिलिफ कोष, इन्टेरेस्ट डिपोजिट कोष, विद्यार्थी छात्रबृत्ति कोष, सदस्य ईन्सुरेन्स कोष, सद्का खैरात कोष, सद्कतुल फित्र कोष, वक्फ (अक्षय) कोष , जकात कोष र कर्दे अहसन कोषहरुको व्यवस्था रहेको जानकारी गराउनुभयो ।
संस्थाको ऋण सेवा योजना अन्तर्गत मुदारबा व्यपारिक कर्जा, मुशारका पार्टनर्शीप कर्जा, बै–मुराबहा, ईजारा व ईक्तिना, बै–अलौलम, टिएमसिएल, सर्भिस ऋण, समुह जमानी कर्जा, रोजगार सिर्जना कर्दे अहसन (कर्जा), कर्द अहसन सापटी कर्जा, र सेफ एण्ड सेक्युर कर्जा आदि जस्ता कर्जाका प्रोडक्ट्स रहेको जानकारी गराउनुभयो ।
संस्थाले हालसम्म दायित्व तर्फ– शेयर पुँजीः २,६३,४२,६००, जगेडा कोषः ३५,१२,६५५, बचत संकलनः २३,८१,८३,८७२, जोखिम व्यवस्थापनः २१,७३,१६३.३६, बाह्रिय ऋणः ५६,९०,७५६.०३ र सम्पत्ति तर्फ – ऋण लगानीः २२७८४६४०२, नगद हिसाबः २४६९१७२.५९ बैंक मौज्दातः ३०९२८७८९, लगानीः ७५२६५०, सम्पत्तिः १०३२९६४१ र अन्य सम्पत्तिः १५२५०२ गरी जम्मा ३२ करोडको हाराहारी पुँजी सङ्कलन गर्न सफल भएको जानकारी गराउनुभयो ।
कारोबारका लागि सहकारी कि बैंक रोज्ने भन्ने प्रश्नमा अध्यक्षले बैंक पुँजीपति केन्द्रित र सहकारीले सदस्य केन्द्रित कारोवार र कार्यक्रमहरु तर्जुमा गर्ने हुनाले स–साना पुँजी भएका सदस्यहरुको बैंकले वास्ता गर्दैनन् । तसर्थ सदस्यहरुले सहकारी संस्थाहरुमा कारोबार सिमित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
संस्थाले गएको वर्षमा घर दैलो कार्यक्रम, सेवा केन्द्र विस्तार, कार्यालय व्यवस्थापन, कर्मचारी र संचालकको क्षमता अभिवृद्धि तालिम, बैठक कक्ष र ट्रेनिङ कोठाको व्यवस्था, एटिएम सेवा संचालन, घुस्की सेवा केन्द्रका लागि जग्गा खरिद, ईनरुवामा ब्रान्चलेस बैंकिङ सेवा संचालन कार्यक्रम हरुलाई प्राथमिकतामा राखेर कार्यन्वयन गर्न सफल भएको जानकारी गराउनुभयो ।
संस्थाका अगामी कार्यक्रमहरुमा ऋण बिमा कार्यक्रम, घुम्ती बैंकिङ सेवा, एम्बुलेन्स सेवा, सरोकार सुपर मार्ट, क्षेत्र विस्तार र थप सेवा केन्द्र संचालन, कारोबारलाई एक अर्बसम्म पुर्याउने लक्ष्य, थप सदस्य केन्द्रित कार्यक्रमहरु, मुख्य कार्यालयको लागि जग्गा खरिद र भवन निर्माण, ऋण लगानीलाई अझ व्यवस्थित गरिने, ऋण असुलीलाई अझ व्यवस्थित गरिने, कार्यविधिहरु लेखन एवम् परिमार्जन कार्यलाई निरन्तरता दिने, विनियम पुनर्लेखन एवम् संशोधन, क्याश क्लेकशनको आदिको व्यवस्था मिलाउने जानकारी गराउनुभयो ।
साधारण सभाको उपलक्ष्यमा एटिएम सेवा शुभारम्भ र मुख्य कार्यालय माथिल्लो तलामा सारेकोले सोको उद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथि द्वारा गरिएको थियो ।
यसरी विभिन्न क्षेत्रमा असल सदस्यको रुपमा छनौट भएका चार जना सदस्य र दुई वटा क्लबलाई संस्थाले सम्मान गरिएको छ ।
असल सदस्यको रुपमा तन्वीर आलम, असल बचत कर्ताको रुपमा आरिफ अन्सारी, असल ऋणी सदस्यको रुपमा सेफाली देवी मण्डल र असल चुन्नीमुन्नी बचत कर्ता को रुपमा मारिया खातुन र सरोकार युवा क्लब र कोशी युवा क्लबलाई सो अवसरमा सम्मान गरिएको थियो ।

Leave a Reply