सर्लाहीको मनोकामना सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न,संस्थाले उत्कृष्ट कार्य गर्दै
सर्लाहीको हरिवन नगरपालिकामा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा मिति २०७८ पुस २१ गते बुधबारका दिन सम्पन्न गरेको छ ।
सो कार्यक्रमको उद्घाटन हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरुदेव चूडालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले गरेका हुन् । सो उद्घाटन कार्यक्रमा बोल्दै अध्यक्ष श्रेष्ठले साधारण सभामा उपस्थित अतिथि गण लगायत आफ्ना सदस्यहरुलाई साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै संस्थामा आबद्ध सदस्यहरु र कर्मचारीहरुको साथ र सहयोगले गर्दा नै संस्था प्रगतिपथमा अगाडि बढ्न सफल भएको जानकारी गराउनुभयो ।
उक्त संस्थाले बार्षिक साधारण सभाको अवसरमा बाल बचतमा प्रथम हुने आकृष उप्रेतिलाई नगद १० हजार, द्धितिय हुने कृश्चल ओम पोतेलाई नगद ७ हजार र तृतिय हुने सृजा श्रेष्ठलाई ४ हजार नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाले उत्कृष्ट ऋणीमा संगिता पाठक, उत्कृष्ट बचतकर्ता दिवाकर पौडेल र संस्थामा उत्कृष्ट कार्य गर्ने कर्मचारी डिल्ली बहादुुर पौडेललाई संस्थाले सम्मान समेत गरेको थियो ।
सो कार्यक्रमको सहजीकरण सोहि संस्थाका प्रबन्धक सन्तोष पाण्डेले गरेका थिए ।
संस्थाले गत बर्ष १ करोड ५६ लाख ४३ हजार ३७० रुपैयाँ ५६ खुद नाफा आर्जन समेत गरेको संस्थाको गत आ.व २०७८ मसान्तसम्म ३८ करोड ९५ लाख ७३ हजार ५ सय ९० रुपैयाँ ३४ पैसा कुल कारोबार रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी उक्त संस्थाले हरिवन नपा–१ भोक्टेनीमा संस्थाले आफ्नै लगानीमा सञ्चालन गरेको मनोकामना आवाशीय विद्यालय पनि संचालन गरिरहेको छ । यो संस्थाले गर्ने बहुउद्देश्यीय कार्यमा समेत पर्दछ ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गरी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको उक्त संस्थाले वित्तीय सेवा मार्फत आफ्ना सदस्यहरुको जीवन स्तर परिवर्तन ल्याउनमा ठूलो टेवा समेत पु¥याएको देखिन्छ ।

