पोखराको कोन सामुदायिक सहकारीले ग-यो सिदार्थ आधारभूत स्कूललाई १\१ थान प्रिन्टर र कम्प्युटर सहयोग
कास्कीेको पोखरा महानगरपालिकामा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २३ ओै बार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरका संस्थाले पोखरा १३मा रहेको आर्बा स्थित श्री सिद्वार्थ आधारभुत बिद्याालयलाई १ थान कम्पयुटर र प्रिन्टर हस्तान्तरण गरेको हो । यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु संस्थाले यस अगाडि पनि संचालन गर्दै आईरेहेको छ ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तिर्थ बहादुर बस्नेतले गरेका थिए ।
सो कार्यकममा संस्थाका उपाध्यक्ष माधव प्रसाद सिग्देल, सचिव शान्त कुमार श्रेष्ठ , सह–सचिव सुरेन्द्र प्रसाद सिग्देल संचालकहरू खड्क बहादुर गुरूङ्ग केदार राज सिग्देल शारदा पराजुली लागयतका विभिन्न संंस्थामा आबद्ध प्रतिनधिहरुकोे उपस्थिति रहेकोथियो ।
त्यसैगरी आधारभूत बिद्यालयको तर्फबाट सोहि स्कूलका अध्यक्ष नारायण प्रसाद बराल तथा शिक्षक, शिक्षिका एवं बिद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सो संस्थाको औपचारिक कार्यक्रमको सहजीकरण गरी समापन सत्र सम्म सहयोग संस्थाका महाप्रबन्धक अपिल कोईराललाले गर्नुभएको थियो ।

