स्थापना दिवसमा संकल्प सहकारीले ग-यो सदस्य लगायत विभिन्न विधाका व्यक्तित्वहरुलाई भव्य सम्मान

0 Shares

रौतहटको चन्द्रनिगाहपुर बजारमा रहेको उत्कृष्ट संस्था संकल्प बचत तथा ऋण सहकारी संस्थाले हिजो गरेको १४ औ स्थापना दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा संस्थाले ७५ बर्ष माथीका सबै जेष्ठ नागरिक सदस्य असल कारोवार ,बाल बचतकर्ता ,सहकारी उत्प्रेरक,सहकारी अभियन्ता ,सदस्य समन्वय ,पुर्ब संचालक ,उत्कृष्ट उपसमिति ,कर्मचारी ,लगायत सामाजिक क्षेत्रमा योगदान गर्ने ब्यक्ति लाई सम्मान गर्दै कदरपत्र प्रदान गरेको छ ।

त्यसैगरी चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले नगरक्षेत्र भित्र रहेका सहकारी मध्ये संकल्प साकोस उत्कृष्ट रुपमा अगाडि बढ्दै आईरहेको जानकारी गराईन् । साथै उनले संकल्प साकोस सदस्यहरुको हक हितमा उत्कृष्ट कार्य गरी संस्थाले उनिहरुको जीवनस्तर उकास्नमा ठूलो योगदान गरिरहेको जानकारी समेत गराईन ् ।
संस्थाले स्थापना दिबसको अवसरमा ७५ बर्ष उमेर भन्दा माथिका आफना ८४ जना शेयर सदस्य लाई सम्मान गर्नुका साथै असल कारोबारी शेयर सदस्य कलाबती तिबारी खडका, रौतहट बचत तथा ऋण सहकारी संघका पुर्ब महासचिब ठाकुर प्रसाद उपाध्याय, संस्थाको शेयर सदस्य तर्फ सदस्य समन्व पुरस्कार लोक बहादुर श्रेष्ठ, नीर्मला कुमारी साह, देबेन्द्र अर्याल, मधुसुदन तिमल्सिना, लगायतका प्रतिनिधिहरुलाई असल सहकारी अभियन्ताको रुपमा सम्मान गरेको हो ।

समेत सम्मान गरेको छ । यस्तै लाई असल सहकारी अभियन्ताको रुपमा सम्मान गरिएको छ ।
त्यसैगरी खेलकुद र संचार क्षेत्रमा योगदान पु¥याएको भन्दै तराई एक्सप्रेस पत्रिकाका प्रकाशक ÷ अशोक पहाडीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष विभु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
सोहि संस्थाका संस्थापक अध्यक्ष गणेश पौडेले संस्थाले शुरु देखि अहिले सम्म संस्थाले गरेको उल्लेखनीय कार्यको प्रसंसा समेत गरेका थिए ।

सो कार्यक्रमको अतिथिहरुमा चन्द्रपुर नगरपालिका सहकारी फाँटका नसरे आलम, राष्ट्रिय सहकारी बैकका प्रबन्धक रुपा थापा लामिछाने, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की,दरौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब प्रसाद सापकोटा लगायतले संस्थाले स्थापना दिवसको अवसरमा गरेको उल्लेखनीय कार्यप्रति उनिहरुले संस्था लगायत कर्मचारी, संचालक समिति र सदस्यहरुलाई धन्यवाद प्रकट गरेका थिए ।
उक्त कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सचिब केबी थापाले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका प्रतिनिधि चिरञ्जिीवी गौतमले गर्नुभएको थियो ।

 

Leave a Reply