शिखर सहकारी भेरीगंगाको स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान

0 Shares

सुर्खेतको भेरीगंगा नपा–११ रामघाटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थालि. को यहि मिति २०७८ पौष १७ गतेका दिन २३ औं स्थापना दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।
्संस्थाको आफ्नै कार्यालयको सभाहलमा भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका भेरीगंगा नपा– नगरप्रमुख भूपेन्द्र बहादुर चन्दले उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले गर्नुभएको थियो ।
सुर्खेत जिल्लाको पूर्वी क्षेत्रमा सहकारी अभियानमा आप्mनो छुट्टै पहिचान बनाउँदै आईरहेको उक्त संस्थाले १९२ जनाको भौतिक उपस्थितीमा उक्त स्थापना दिवस सम्पन्न गरेको हो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सल्लाकारहरु,विभिन्न वडाका जनप्रतिनिधिहरु, नेफ्स्कूनका प्रतिनिधी, सेवा केन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, विभिन्न छाता संघका प्रतिनिधिहरु, विभिन्न उप समितिका सदस्यहरु, विभिन्न विद्यामा सम्मानीत तथा पुरस्कृत हुनुहुने शेयर सदस्यहरु,बाल बचत कर्ताहरु तथा शेयर सदस्यहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
संस्थाले विभिन्न ६ वटा विद्यामा जम्मा ४८ जना सदस्यहरु र उत्कृष्ट हुने २ वटा समुहलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरी हर्साेउल्लास पूर्ण तरिकाले स्थापनादिवस सम्पन्न गरेको संस्थाका सुचना अधिकारी खड्क बहादुर शाहीले जानकारी गराउनुभयो ।
कार्यक्रममा यस चालु आर्थिक बर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धी तथा क्रियाकलापहरुको बारेमा संस्थाका व्यवस्थापक यामलालखत्रीले आफ्नो प्रगती प्रतिवेदन प्रस्तुत गरी जानकारी गराउनु भएको थियो ।
सो औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष सिंहले आप्mनो शुभकामना मन्तव्य राख्दै संस्थालाई यहाँसम्म पु¥याउनका लागि अथक मेहनत र प्रयास गर्नुहुने सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद दिंदै आगामी दिनमा संस्थालाई थप विश्वासिलो र दिगो रुपमा स्थापीत गर्नका लागि सबैको रचनात्मक सुझाव र सल्लाहको आवश्यकता पर्ने जानकारी गराउँदै उक्त दिवसमा पुरस्कृत तथा सम्मानित हुन हुने सम्पूर्ण व्यक्तित्वहरुलाई बधाई ज्ञापन समेत गर्नुभएको थियो ।

Leave a Reply