नवलपुरको उत्कृष्ट संस्था छिपछिपे उपभोक्ता सहकारीको ११ औ बार्षिक साधारण सभा सम्पन्न

0 Shares

नवलपुरको कावासोतीमा रहेको छिपपिछे उपभोक्ता सहकारी संस्था लि. को ११ औं बार्षिक साधारण सभा आज मिति २०७८ पुष २३ गते शुक्रबार दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य तिलक महतले उद्घाटन गरेका थिए ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि महतले उक्त संस्थाले वित्तीय सेवा मार्फत आफ्ना सदस्यहरुको जीवन स्तर उकास्न ठूलो योगदान पु¥याएको जानकारी समेत गराउनु भयो । साथै उहाँले यो संस्था उत्कृष्ट कारोबार गर्ने संस्था भएकाले यस्ता खालका सहकारी संस्थाहरुमा सदस्यहरुले ढुक्क भएर कारोबार गर्न उनले आग्रह समेत गरेका थिए ।

सो कार्यक्रममा सोहि संस्थाका संस्थापक अध्यक्ष शुभराज शर्मा नेपाल सहकारी बितिय संस्थाका केन्द्रीय सदस्य बिष्णु तिवारी लगायत विभिन्न सहकारी संस्थामा आबद्ध प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सोहि संस्थाका अध्यक्ष योगेन्द्र पाण्डेले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले संस्थामा आबद्ध सदस्य, संचालक समितिका पदाधिकारी, कर्मचारी व्यवस्थापनको कुशल कार्यले गर्दा नै संस्थाले आज आएर ११ औं बार्षिक साधारण सफलतापूर्व सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

संस्थाको गत आ.व को असार मसान्त सम्म १ हजार ६ सय १६ शेयर सदस्य, २ करोड २० लाख शेयरपुँजी र २५ करोड भन्दा माथिको कारोबार रहेको जानकारी गराईएको छ ।
संस्थाका उपाध्यक्ष बसन्त मोहन अधिकारीले स्वागत मन्तव्य, अर्जुन सापकोटाले संचालन गरेको सो कार्यक्रममा संस्थाका दुई जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाले संस्थाका उत्कृष्ट सदस्य लगायत अन्य व्यक्तत्वहरु गरेर विभिन्न विधामा दुई दर्जन भन्दा बढिलाई सम्मान पनि गरेको जानकारी गराईएको छ । संस्थाले सो कार्यक्रम स्वस्तिक पार्टी प्यालेस कावासोतीमा सम्पन्न गरेको छ ।

Leave a Reply