नेपालको अर्थतन्त्र उकास्न अर्को सहकारी बैक स्थापना हुनुपर्दछ -कांग्रेस नेता ः निधि

0 Shares

काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ गोगंबुमा रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन २०७८ पुष २३ गते शुक्रबार दिन टोखा ईस्तुलीमा प्रमुख अतिथि नेपाली कांग्रेसका निवर्तमान उपसभापति एंव नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधि द्वारा उद्घघाटन गरिएको थियो ।
त्यसैगरी सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि निधिले आगामी दिनमा बहुउद्देश्यीय सहकारीले गर्ने काम निर्धारण गरी सहकारी अभियानलाई थप अगाडि बढाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।
यस संस्था प्रति मेरो जहिले पनि साथ सहयोग रहनेछ सहकारी संस्थाबाट समाजका सदस्यहरुले सहकारीबाट सहयोग प्राप्त गर्न सक्दछ्न सहकारीमा सहकार्य अनिवार्य हुनुपर्दछ सहकारी अभियानको विषयमा निर्णय नेपाल काङ्ग्रेसको पालामा भएको कुरा समेत उनले प्रष्ट पारे ।
नेपालको अर्थतन्त्रमा सहकारी तेस्रो खम्बाको रुपमा रहेको छ नेपालको अर्थतन्त्र उकास्नको लागि सहकारी अभियानमा अर्को एउटा बैंक पनि स्थापना हुनुपर्दछ एउटा बैंक संचालन हुन ५०१ सहकारी संस्था आवश्यक पर्ने भएकाले यसमा सबै सहकारी अभियान्ताको आवश्यक पर्ने बताए ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिहरुमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका सहकारी विभागकी अधिकृत कमला कार्की, जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष खेमराज सुवेदी, जिल्ला सहकारी संघ काठमाडौंका महिला उपाध्यक्ष सीता ढकाल, टोखा नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, टोखा नगर पालिका वडा नम्बर २ का वडा अध्यक्ष दीपकराज जोशी, जिल्ला सहकारी संघ काठमाडौंका संचालक तथा मंगल आरती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र श्रेष्ठ, तारकेश्वर नगरपालिकाका नेपाली काङ्ग्रेस नगर सभापति कृष्णहरी महर्जन, काठमाडौं बचत तथा ऋण सहकारी संघ कास्कुनका कोषाध्यक्ष निरन्जन सेढाई, काठमाडौं बचत तथा ऋण सहकारी संघ कास्कुनका संचालक राज कुमार खड्का, रोयल बहुउद्देश्यीय सहकारी संस्था लि. का सचिव तथा प्रबन्धक निर्देशक सिताराम काफ्ले लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा आर्थिक बर्ष ०७७÷ ०७८ को बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष मनोज भण्डारी द्वारा प्रस्तुत गरिएको थियो ।

साथै सो कार्यक्रमको संचालन विनोद भट्टराईले गर्नुभएको थियोे स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गणेश बहादुर बुढाथोकीले गर्नु भएको हो ।
नेपाल रेड्क्रस रोसाइटी कालिमाटीको सहकार्यमा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रक्तदान समेत गरेका थिए साथै संस्थाले एकल महिला सदस्य कान्छी किला, राधिका तिमिल्सिना, जेष्ठ सदस्य महिला बर्ष ८२ की सदस्य च्याङवा रानी, जेष्ठ सदस्य पुरुष बर्ष ८४ को तेज बहादुर खतिवडा, जेष्ठ महिला सदस्य बर्ष ८० की चैत्यमाया मुनिकार, जेष्ठ सदस्य पुरुष बर्ष ८२ का पृथ्वी नारायण पौडेल, र एस. ई.ई.सदस्य संजिव कुमार श्रेष्ठको छोरी रोलिस्का श्रेष्ठ जि.पि.ए ४,सदस्य शान्ति तामाङको छोरा मनिष तामाङ जि.पि.ए.३.६०,र उत्कृष्ट सेयर सदस्य प्रमिला देवकोटा, बुद्ध कुमारी बन्जारा, उत्कृष्ट कर्मचारी कार्यलय सहयोगी लक्ष्मी खतिवडा, कार्यलय सहयोगी मन्जु श्रेष्ठ, लाई नगत ५००० सहित सम्मान गरिएको थियो ।
साथै संस्थाले आगामी दिनमा आफ्नै जग्गा खरिद गरी भवन निर्माण समेत गरिने जानकारी गराइएको छ संस्थाको असार मसान्तसम्मको सदस्य संङख्या पुरुष ११३७ महिला ११७० गरी जम्मा सदस्य संङख्या २,३०७ रहेको छ सेयर पुजी– ८ करोड ५२ लाख ३ हजार ९०० रहेको छ भने जगेडा कोष– ६ करोड ८३ लाख ९ हजार ९८८, निक्षेप संकलन– ६६ करोड २३ लाख ८ हजार २६६, कर्जा लगानी– ८१ करोड ५५ लाख ७८ हजार ६१४ रुपैयाँ रहेको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले हाल २ ओटा सेवा केन्द्र विस्तार गरी सदस्यहरुलाई सेवा प्रवाह समेत गरिरहेको छ

Leave a Reply