शिव शिखर सहकारीले ल्यायो एटिएम सेवा संचालनमा

0 Shares

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवाको औपचारिक कार्यक्रम गरी सेवा शुभारम्भ गरेको छ ।
सो कार्यक्रमको उद्घाटन भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले एटीएम सेवाको उद्घाटन गरेका थिए ।

संस्थाको एटीएम सेवा मार्फत एक दिनमा एक लाख सम्म रकम झिक्न सकिने जानकारी गराईएको छ । संस्थाको सो एटीएम कार्ड प्रयोग गरी अन्य बैंक वित्तीय संस्था सँग पनि कारोबार गर्न सकिने बताईएको छ ।
देशकै नमुना सहकारीको रुपमा आफ्नो पहिचान बनाई बहुउद्देश्यीय कार्य गर्दै विभिन्न जिल्लाहरुमा शिव शिखर मार्ट संचालन गर्दै आईरहेको यस संस्थाले अब एटीएम सेवा मार्फत सदस्यहरुलाई थप प्रविधिमैत्री बनाउन संस्था सफल भएको छ ।

Leave a Reply