भक्तपुरको जनजिविका सहकारीले दियो २ सय भन्दा बढिलाई निःशूल्क स्वास्थ्य सेवा
भक्तपुरको सुर्यविनायक चोकमा रहेको जनजीविका बचत तथा ऋण सहकारी संस्थाले १ दिने निःशुल्क स्वास्थ्य शिविर यहि २०७८ पौष २०गते मंगलबारका दिन सम्पन्न गरेको छ ।
संस्थाले भक्तपुर लायन्स सेवा समन्वय समितिद्वारा सञ्चालित लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको जानकारी गराएको छ ।
उक्त शिविरबाट नाक, कान, घाँटी र आँखासम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको बताईको छ ।
वीपी नेत्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र च्याम्हासिंहको प्राविधिक सहयोगमा भएको शिविरमा सिर्जनशील महिला समुह र भक्तपुर चेम्बर अफ कमर्शले समेत सहयोग प्राप्त गरेको थियो । उक्त स्वास्थ्य शिविरबाट २ सय भन्दा बढि मानिसहरुले सवा प्रदान गरेको संस्थाकी व्यवस्थापक सुनिता जोन्छेँले सहकारी सञ्जाललाई जानकारी गराईन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यो कार्यक्रमको आयोजना गरेको हो । भोलिका दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने संस्थाले जानकारी गराएको छ ।
