धरानको उद्यमशील सहकारीले दियो पहिलोपटक क्युआर कोड सेवा

0 Shares

 

सुुुनसरीको धरान उप–महानगरपालिका धरान बजारमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले २०७८–९–२१ ) धरान डे को अवसर पारेर संस्थाले क्यूआर कोडको सेवा संचालनमा ल्याएको छ । आफ्ना सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी संस्थाले सो सेवा उपलब्ध गराउन सफल भएको हो । साथै यो संस्थाको क्यूआर कोड सेवाबाट सदस्यहरु थप प्रविधिमैत्री समेत बन्न सक्नेछन् ।

त्यसैगरी संस्थाको यो सेवाबाट अब सदस्यहरुले छिटो, विश्वासिलो र भरपर्दो तरिकाले कार्य गर्न सकुन भन्ने उद्देश्यले संस्थाले उक्त सेवाको शुरुवात गरेको हो । यो क्युआर कोड सेवा धरानमा संचालित सहकारीहरु मध्ये उद्यमशील साकोसको पहिलो सेवा रहेको समेत बुझिएको छ ।

त्यसका साथै संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री ढंगबाट अगाडि बढाउन र संस्थालाई थप बलियो र पारदर्शी बनाई संस्थालाई दिगो रुपमा स्थापित गराउँदै लैजाले उद्देश्यका साथ संस्थाले यो क्युआर कोड सेवा संचालनमा ल्याएको सोहि संस्थाका अध्यक्ष डा.योगेन्द्र राईले जानकारी गराउनु भएको छ ।

साथै संस्थाले क्युआर कोडको सेवा संचालनमा ल्याएसँगै सबै सदस्यहरुलाई यो सेवा ढुक्क भएर प्रयोग गर्न सबै सदस्यहरुलाई आग्रह समेत गरेको संस्थाका प्रबन्धक जित बहादुर राउतको भनाई छ ।

Leave a Reply