सप्तरीको आईडियल सहकारीले पायो २ नं प्रदेशकै सहकारी मध्येको उत्कृष्ट सम्मान

0 Shares

सप्तरीको राजविराजमा रहेको जिल्लाकै नमुना सहकारी आईडियल सहकारी संस्था लिमिटेडलाई २ नं प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको अवसरमा बैंकले ईकाई अन्तर्गत गरेको २ नं प्रदेशको राजधानी केन्द्र जनकपुरमा बैंकले औपचारिक कार्यक्रम गरी उक्त आईडियल सहकारी संस्थालाई सम्मान गरिएको हो
संस्थाले समुदायमा आधारित रहेर निरन्तर रुपमा आफ्नो बचत ऋण कारोबारलाई मजबुद बनाई सदस्यहरुको आय स्तरमा पनिवर्तन ल्याउने जस्ता उत्कृष्ट कार्य गरेको आधारमा उक्त संस्थालाई राष्टिय सहकारी बैंकले पुरस्कृत गरेको हो ।

२०५६ सालमा ४२ जान शेयर सदस्यबाट स्थापना भएको सो संस्थाले हालसम्म आईपुग्दा सम्म आफ्नो कारोबार शेयरपुँजी र सदस्य संख्यालाई पनि त्यत्तिकै मात्रामा बृद्धि गर्दै आईरहेको छ । संस्थाका सदस्यको साथ सहयोग कर्मचारीको कुशल व्यवस्थापनले गर्दा नै संस्था अगाडि बढ्दै आईरहेकोले हामी आज आएर राष्टिय सहकारी बैंकको २ नं प्रदेशको उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित हुन सफल भएको सोहि संस्थाका अध्यक्ष गणेशकुमार आशको भनाई छ । संस्थाले भोलिका दिनहरुमा पनि सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखी उत्पादनमुलक क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने अध्यक्ष आशको थप भनाई छ ।

संस्थाको हाल १० करोड १९ लाख शेयर पुँजी संस्थाको हालसम्म १७ हजार ६५८ शेयर सदस्य पुगेका छन् भने ४ लाख २० हजार पँुजीबाट सुरु भएको संस्थाको हाल १० करोड १९ लाख शेयर पुँजी संस्थाका व्यवस्थापक विनोदकुमार रजकले जानकारी दिए ।

संस्थाले इन्टरनेट बैंकिङ, मिस्ड कल बैंकिङ सेवा र जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा प्रदान गदै आएको छ भने ई–सेवा वाइलेटमा लोड, एटिएमबाट भारतमा रकम झिक्न पाउने व्यवस्था लगायतका सेवाहरु संचालन गर्दै आईरहेको छ । संस्थाको हालसम्म साढे १७ हजार भन्दा बढि सदस्यहरु आबद्ध रहेको सोहि संस्थाका व्यवस्थापक विनोद कुमार रजकको भनाई छ ।
सस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी सप्तरी जिल्लाका विभिन्न ठाउँहरुमा सेवाकेन्द्र पनि संचालन गरी वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउँदै आईरहेको छ ।

Leave a Reply