ताल्चा सहकारीले बनायो बहुउद्देश्यीय कार्य गर्ने योजना

0 Shares

 

काठमाण्डौको न्यूरोडमा रहेको ताल्चा बहुउद्देश्यीय सहकारी संस्थाको ५ औं वार्षिक साधारणसभा २०७८ पौष १४ गते बुधबारका दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रन्जित सापकोटाले गर्नुभएको हो । सो उद्घाटन सभामा बोल्दै अध्यक्ष सापकोटाले विश्वभर फैलिएको कोरोना माहामारीले गर्दा वित्तीय क्षेत्रको असर परिरहेको अवस्थामा राज्यले यस विषयमा कुनै चासो समेत नदेखाएको उनले बताएका थिए । साथै उनले संस्थाको बहुउद्देश्यीय कार्यलाई अगाडि बढाउनको लागि कृषि क्षेत्रमा लगानी गर्न अध्ययन गरिरहेको समेत सभामा जानकारी गराउनुभयो ।

त्यसैगरी संस्थाको लेखासमिति संयोजक बालकृष्ण ढुंगानाले आ.व. २०७७÷७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सहकारीको नीति नियमको पालना गरी संस्थाको कारोबारलाई बलियो बनाउँदै आईरहेको समेत जानकारी गराउनु भयो ।

संस्थाले आर्थिक बर्ष २०७८ असार मसान्त सम्म ८९ लाख ५१ हजार शेयरपुँजी, ३ करोड ६१ लाख २४ हजार बचत संकलन, े ३ करोड ४२ लाख ९९ हजार ऋण लगानी, ४ लाख २३ हजार खुद नाफा आर्जन गरेको छ भने संस्थामा हालसम्म १४१७ सदस्य आबद्ध भईसकेका छन् ।

Leave a Reply