श्री महिला तरकारी व्यवसायी सहकारीले सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गर्ने

0 Shares

 

काठमाडौको कालिमाटी तरकारी बजार भित्र रहेको श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न यहि २०७८ पौष १३, मंगलबार दिन सम्पन्न भएको छ ।

काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सो कार्यक्रमको उद्घाटन गरेकी थिईन । कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी अध्यक्ष तारा रेग्मी मगरले गरेकी हुन् ।

सो उद्घाटन सभामा बोल्दै संस्थाकी अध्यक्ष मगरले २०६५ सालमा स्थापना गरिएको हाम्रो यस संस्थाले आजका दिनसम्म आईपुग्दा उल्लेख्य मात्रामा प्रगति गर्न सफल हुँदै आईरहेको जानकारी गराईन् । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई पनि संस्थाले प्राथमिकता दिँदै आईरहेको उनको थप भनाई थियो ।

त्यसैगरी संस्थाकी सचिव मेनुका नेपालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने संस्थाकी कोषाध्यक्ष गोमा रिजालले आ. व. २०७७÷ ७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी १ करोड ६८ लाख ८४ हजार, बचत १३ करोड ५६ लाख र ऋण लगानी १५ करोड ६२ लाख, १८ करोड ३६ लाख कुल कारोबार रहेको सभामा जानकारी गराईन् ।
त्यसैगरी संस्थाले यस आर्थिक बर्ष भित्रमा सदस्यहरुलाई सीपमुलक तालिम दिई उद्यमशील बनाउने र कृषि क्षेत्रलाई प्राथमिकता दिई समुहमार्फत लगानी गर्ने र संस्थाका सञ्चालक समिति र कर्मचारीहरको क्षमता अभिवृद्धि तालिम आयोजना गर्नुका साथै सहकारी शिक्षा, स्वास्थ्य शिविर आयोजना गर्ने समेत बताईएको छ ।
सो संस्थाकी लेखा समिति संयोजक सावित्री पौडेलले समितिको प्रतिवेदन प्रस्तुत पेश गरेका थिईन् ।
संस्थाले सो बार्षिक साधारण सभाको अवसर पारेर जेष्ठ नागरिक सदस्य लगायतका सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

Leave a Reply