एम्स सहकारीले सदस्यहरुको आय स्तरका कार्यक्रमलाई जोड दिने

काठमाडौंको प्युखा न्युरोडमा रहेको एम्स बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा यहि मिति २०७८ पुस १० गते शनिवारका दिन संस्थाको कार्यालय प्युखा न्युरोडमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष निरोज प्रसाद ढुंगानाले गर्नु भएको थियो ।
सो सभामा बोल्दै अध्यक्ष ढुंगानाले सदस्यहरुको हक हितममा रहेर संस्थाले वित्तीय सेवा प्रदान गर्दै आईरहेको जानकारी गराउनु भयो । साथै उनले सदस्यहरुलाई बचत ऋणको कारोबार मार्फत संस्थाले उनिहरुको आय स्तरमा समेत परिवर्तन ल्याएको कुरा सभामा बताए ।
साथै संस्थाले बजार रहेको थोरै पुँजीलाई संकलित गरेर बचत संकलन गरिरहेको र निम्न वर्गका सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा समेत लगानी गरिरहेको बताउनुभयो । एक व्यक्ति एक सदस्य भन्ने राज्यको नीतिले सहकारी संस्था संचालनमा समस्या आउने समेत उनले गुनासो पोखेका थिए ।
त्यसैगरी संस्थाले भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शेयरपुँजी र कारोबार वृद्धि गर्ने सदस्यहरुलाई विभिन्न शीर्षकमा राहत उपलब्ध गराउने, आफ्नो कार्यक्षेत्रभित्र सेवा केन्द्र स्थापना गर्ने लागयतका योजना संस्थाले अगाडि बढाएको छ ।
त्यसैगरी संस्थाका कोषाध्यक्ष गोविन्द कुमार सिंघानियाले आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका व्यवस्थापक जीवन मल्लले सञ्चालन गरेको सो कार्यक्रममा सोहि संस्थाकी उत्कृष्ट कर्मचारी पवित्रा घिमिरेलाई सम्मान गरिएको थियो ।
छोटो समयमा नै अगाडि लम्कदै आईरहेको उक्त संस्थाको गत आ.वा २०७८ असार मसान्तसम्मख शेयरपुँजी ४ करोड ९२ लाख ८९ हजार, बचत संकलन १६ करोड ३० लाख ५५ हजार , ऋण लगानी २० करोड ५४ लाख र १८ लाख ७५ हजार खुद नाफा आर्जन बताईएको छ । संस्थामा ३९७ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।