जनप्रिय सहकारीले सदस्यहरुको सेवालाई प्राथमिकता राखी सेवा केन्द्र विस्तार गर्ने

ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा २०७८ पौष २ गतेका दिन आफ्नै कार्यालय प्रांगण कुमारीपाटीमा सम्पन्न गरेको छ । संस्थाले स्थापना भएको छोटो अवधिमा नै धेरै खुड्किला पार गर्न सफल भएको छ ।
संस्थो आ.व. २०७७÷७८ असार मसान्तसम्म संस्थाको बचत संकलन २० करोड ६२ लाख ६५ हजार, शेयरपुँजी ८१ लाख ७३ हजार, ऋण लगानी १७ करोड ६५ लाख ३४ हजार रहेको छ भने संस्थामा १५०० सदस्य आवद्ध भईसकेका छन् ।
संस्थाका कोषाध्यक्ष शम्भु खवासले आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन प्रस्तुत र लेखासमिति संयोजक मनिष घिमिरेद्धारा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
ललितपुर जिल्लाभर जिल्ला भर कार्यक्षेत्र रहेको सो संस्थाले ललितपुर जिल्ला भित्रका सदस्यहरुको आय स्तरलाई बद्धि गर्ने संस्थाको उद्देश्य रहेको सोहि संस्थाका अध्यक्ष अविनाश कार्कीको भनाई छ । राज्यले अर्थतन्त्रको ३ खम्बे अर्थनीति अन्तर्गत सहकारी संस्थालाई पनि प्राथमिकतामा राखेकोले संस्थाले उत्पादन तथा प्रशोधन गर्ने कार्यलाई निरन्तरता दिईरहेको समेत उनले बताएका छन् ।
संस्थाले समुदायमा बसोबास गर्ने निम्न वर्ग देखि माथिल्लो वर्ग सम्मका मानिसहरुको बचत संकलन गर्ने आयस्तर कमजोर भएका सदस्यहरुलाई ऋण लगानी गरी उनिहरुको जीवनस्तर उकास्न संस्था लागि पर्ने समेत जनाईएको छ ।
संस्थाको कार्यक्षेत्र जिल्ला भर रहेकाले सबै सदस्यहरुलाई एउटै कार्यालयबाट सेवा दिन असम्भव भएकाले समय अनुकुल अर्को सदस्य सेवा केन्द्र पनि स्थापना गर्ने संस्थाको योजना रहेको अध्यक्ष कार्कीको भनाई छ ।
साथै संस्थाले सदस्यहरुलाई आवश्यक सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गर्ने, महिलाहरुमा उद्यमशिलता विकासको सिपमुलक तालिम लगायत संस्थाले उत्पदनमूलक कार्य र ऋण लगानीका विषयलाई प्राथमिकतामा राखी संस्थाले नीति तथा भावी कार्यक्रमको अयोजना समेत सो सभामा प्रस्तुत गरेको थियो ।