धौला श्री बहुउद्देश्यीय सहकारीको १९ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं महानगरपालिका वडा नम्बर २६ गोगंबुमा रहेको धौला श्री बहुउद्देश्यीय सहकारी संस्था लि को १९ औं बार्षिक साधारण सभा मिति २०७८ पुष २४ गते शनिबारका दिन आफ्नै भवनको सभाहलमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगर पालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेमराज तिवारीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रमको अतिथिहरुमा फ्रान्सका लागि नेपालका पुर्व राजदुत तथा संस्थाका सल्लाहकार मोहन कृष्ण श्रेष्ठ, संस्थाका सल्लाहकार डा. कृष्ण बाबु जोशी,संस्थाका सल्लाहकार निर्मल कुमार श्रेष्ठ, गरिमा विकास बैंक लि. केन्द्रिय कार्यालय सामान्य प्रसाशन विभागका विभागिय प्रमुख अनुमान श्रेष्ठ, गोगंबु आवास क्षेत्र टोल सुधार समितिका अध्यक्ष महेश कुमार श्रेष्ठ, एनरिच बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द सुवेदी, धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युक्तमान शाक्य, गरिमा विकास बैंक लि का सन्चालक दीपु श्रेष्ठ, धौलागिरी सहकारी समुह सदस्य एंव म्यादी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक निर्देशक दीप छ्न्त्याल, लगायतका विभिन्न संस्थाका प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।
साथै सो कार्यक्रममा प्रमुख अतिथि तिवारीले काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा रहेको यस धौला श्री बहुउद्देश्यीय सहकारी संस्था यस क्षेत्रकै उत्कृष्ट सहकारी भएकोले यो संस्थामा निर्धक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो साथै संस्थालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सोहि संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठले अध्यक्षता ग्रहण गर्दैै आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
स्वागत मन्तब्य तारा श्रेष्ठ जोशीले गर्नुभएको थियो भने कार्यक्रम संचालन पदम सापकोटाले गर्नुभएको हो ।
साथै सो कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण भएको पहिलो रास्ट्रिय दोहोरी गायन प्रतियोगिता २०७८ मा दोस्रो स्थान हासिल गर्न सफल कलाकारहरु बालचन्द्र बराल, र शोभा कार्कीलाई नगद सहिद सम्मान गरिएको थियो साथै उत्कृष्ट निक्षेपकर्ता सदस्यहरु मध्येबाट रुकमाया बुढाथोकी, उत्कृष्ट कर्जा कारोबारी सदस्य दावा साङपो तामाङ, उत्कृष्ट कर्मचारी नमकला शर्मालाई प्रशंसा पत्र सहित पुरस्कार ग्रहण गरिएको थियो ।
संस्थाको असार मसान्त सम्मको सेयर पुजी– २ करोड ७६ लाख ७२ हजार २ सय रुपैया, बचत संकलन– ३३ करोड ६३ लाख ७८ हजार, जगेडा कोष– १ करोड ३ लाख ६ हजार ३६९ रुपैयाँ, कुल कारोबार– ३४ करोड ३४ लाख ६२ हजार रहेको छ भने संस्थामा १,१४४ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।
