चन्द्रागिरि साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठमाडौंको थानकोट चेकपोष्टमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.कोे २० औं वार्षिक साधारण सभा पौष २४ गते शनिवार सम्पन्न भएको छ ।
संस्थाले भौगोलिक क्षेत्र र सदस्यता नम्बरको आधारमा विभिन्न ईकाईहरुमा उपस्थिति सभा र उपस्थिति सभाबाट निर्णयका लागि चनिएका सदस्यहरुको उपस्थितिमा निर्णय प्रमाणिकरण सभा गरी २० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १४२२६ जना मध्ये १०६६३ जना सदस्यहरुले उपस्थिति सभामा आफ्नो उपस्थिति दर्ता गरी वार्षिक प्रतिवेदन र संस्थाका सेवाहरुका बारेमा विभिन्न राय सल्लाहरु राख्नुभएको थियो । सदस्यहरुबाट प्राप्त राय सल्लाह तथा निर्णय प्रमाणीकरणका लागि छनौट हुनुभएका सदस्यहरु सहित पौष २४ गते ग्रीनल्याण्ड बैंङ्गक्वेट थानकोटमा आयोजित निर्णय प्रमाणीकरण सभाको समुद्घाटन प्रमुख अतिथि समेत रहनु भएका बाग्मती प्रदेश, कृषि तथा पशुपंक्षी मन्त्री माननीय बसुन्धरा हुमागाईले गर्नुभएको थियो ।
सो सभामा बोल्दै प्रमुख अतिथि हुमागाईले सहकारी संस्था दिगो हुनको लागि त्यसमा कार्यरत कर्मचारी, त्यसका सञ्चालक र सदस्यहरु सक्रिय हुनु पर्ने कुरामा जोड दिँदै उत्पादनमुलक क्षेत्रमा सहकारीका सेवाहरु केन्द्रित हुनुपर्ने धारण राख्नुभयो । त्यसै गरी किसानहरुले सधैं भोग्दै आउनु परेको रासायनिक मलको समस्या समाधानको लागि आफ्नो मन्त्रालयले गुरुयोजना बनाएर अगाडी बढिरहेको कुरा बताउनु भयो ।
विशिष्ट अतिथिको रुपमा रहनुभएका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारी र स्थानीय तहको सम्बन्ध र आफ्नो कार्यकालमा चन्द्रागिरि नगरपालिकामा भएका विकास निर्माण र प्रगतिहरुको चर्चा गर्नुभयो ।
त्यसैगरी सोहि संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गर्नुभएको आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्ततु गर्नुभएको आ.व. २०७८÷०७९ नीति तथा कार्यक्रम र बजेट र ए श्रेष्ठ तथा एशोसिएट्सको चार्टर्ड एकाउन्टेन्ट श्री आनन्द श्रेष्ठको तर्फबाट पेश भएको लेखापरीक्षण प्रतिवेदनका साथ विभिन्न १३ वटा प्रस्तावहरु पारित गर्नुको साथै गत साल उपाध्यक्ष सूर्यनारायण मानन्धरको निधन भएकोले रिक्त रहेको उपाध्यक्ष पदमा संस्थाका सदस्य हरिहर सिग्देललाई निर्वाचित समेत गरिएको थियो ।

Leave a Reply