बारा जिल्लाको नमुना सहकारी सेवा शुभारम्भ सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

बाराको निजगढ नगरपालिका ९ निजगढ शहिद चोकमा रहेको सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि को ११ औं बार्षिक साधारण सभा यहि मिति २०७८ पुष २४ गते शनिबारका दिन निजगढ पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सहकारीलाई एकिकरण गरी लैजानु पर्ने र सन्दर्भ ब्याजदर परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै उनले सहकारी संस्थाहरुलाई स्थिरिकरण कोषमा आवद्ध हुन आग्रह समेत गरे । यो संस्था जिल्लाकै स्तरीय संस्था भएकोले यसले सदस्यहरुको सेवालाई निरन्तरता दिनुपर्ने बताए । यस क्षेत्रमा रहेका साना सहकारी संस्थाहरुलाई एकिकरणमा ल्याउन पहल गर्न संस्थालाई आग्रह समेत गर्नुभयो ।

सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले गर्नुभएको थियो
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिहरुमा निजगढ नगरपालिकाका उप प्रमुख लिला देवी लामिछाने खनाल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर र अतिथिहरुमा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अम्बिका प्रसाद चौलागाईं,निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ बाराकी कोषाध्यक्ष शोभा राउत, सप्तरेखी महिला पशुपालन सहकारी संस्थाकी अध्यक्ष सावित्री भारती, अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामा, नेफस्कुन बिरगंज फिल्ड कार्यालयका कार्यालय प्रमुख व्रिजेश गुप्ता, समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेल, गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खड्गराज मैनाली लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन संस्थाका सचिव निर्मल कुमार भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाकी संचालक सदस्य सकुन्तला कुमारी लामाले गर्नुभएको हो ।
सो कार्यक्रममा संस्थाका असल बचतकर्ता रोहन बिश्वकर्मा, बाबुलाल वाईबा, सुनैना सुनार, यशोदा कुमारी दाहाल, असल ऋणि दिपा लायो मगर, सर्मिला सापकोटा,सानु माया गेङ्गबा, असल सेयर मासिक बचतकर्ता कल्पना श्रेष्ठ असल बाल बचतकर्ता सस्विना खतिवडा असल विप्रेषण कर्ता रिता कुमारी कुशवाहा, गंगा कुमारी थापा, रिता गुरुङ अनलाईन सेवा प्रयोग कर्ता कृष्ण महत्तो, कृष्ण बहादुर रसाईली, बिक्रम रुम्बा, आर्यन गीरी, लगायतका सदस्यहरुलाई संस्थाको तर्फबाट सम्मान सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।

साथै संस्थाले विभिन्न रेमिट्यान्सका सेवा हरु समेत प्रदान गर्दै आएको छ हाल संस्थाको २ ओटा सेवा केन्द्र बाट सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ संस्थाको असार मसान्तसम्मको सदस्य सङख्या ८९३ रहेको छ भने सेयर पुजी– २ करोड ७३ लाख ४९ हजार ५ सय रुपैया, ऋण लगानी– ऋण लगानी १७ करोड ८५ हजार ८३६ रुपैयाँँ र कुल कारोबार– २० करोड ३६ लाख १२ हजार २४ रुपैयाँ रहेको सोही संस्थाका ब्यवस्थापक बिबेक कुमार ठाकुरले सहकारी सन्जाललाई जानकारी दिनुभयो  ।

संस्थाले आगामी दिनमा निजगढ सहकारी सन्जालमा सहकार्य गरी नमुना किसिमको सहकारी उद्योग संचालन गर्ने लक्ष्य समेत रहेको छ

त्यसैगरी संस्थाले कर्मचारी सम्मान संजय पण्डित, अनिल तिमिल्सिना, स्मिता रिमाल डोल्मा लामा, अमृता कुमारी बस्नेत, संजिता पाण्डे र सेवा सुभारम्भ सम्मान सावित्री भारतीलाई शुभारम्भ लाइफ टाईम अचिभमेन्ट अवार्ड २०८७ प्रदान गरीएको थियो

त्यसैगरी संस्थाले ऐतिहासिक एकिकरण अभियानमा अतुलनीय भुमिका निर्वाह गर्नु भएका सुशिल खनाल र इन्द्र बहादुर खड्कालाई पुरस्कार सहित सम्मान गरिएको थियो साथै ऋण समिति लेखा समिति कार्य समिति गरी २५ जना पुर्व संचालक समितिका पदाधिकारीहरुलाई समेत संस्थाको तर्फबाट सम्मान गरिएको सहकारी सञ्जाललाई जानकारी गराईएको छ ।

Leave a Reply