पर्साको भगवती सहकारीले गर्यो १४ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

पर्साको विरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको भगवती बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न गरिएको छ ।

सो बार्षिक साधारण सभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी ंसंघ – (नेफ्स्कून) का संचालक हरेराम प्रसाद पटेलले उद्घाटन गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले उक्त सहकारी संस्थाले समुदायमा आधारित रहेर सदस्यमूखी भई उत्कृष्ट कार्यहरु गर्दै आईरहेकोले संस्थाका सबै आर्थिक सुचांकहरु उत्कृष्ट रहेको जानकारी गराएका थिए ।
साथै उनले बार्षिक साधारण सभाको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष छटुराउत अहिरले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।
सो कार्यक्रममा ,राष्ट्रिय सहकारी बैंक विरगंजका प्रवन्धक संजय महतो, जिल्ला बचत संघका पर्साका बरिष्ठ उपाध्यक्ष अस्गर अली बचत संघ पर्साका संचालक कुन्दन पाले, लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
सो अवससरमा संंस्थाले यसै बर्षबाट स्थापना गरेको संस्थाकी संरक्षण अभिभावक एवम् संचालिता स्वर्गीय ब्यक्तित्वहरु बास्मतियादेवी अहिरिन, कलिता देवी यादवको स्मृतिमा रहेको पत्रकारिता पुरस्कारबाट नारायणी एफएम तथा बिबिसी नेपाली सेवाका कार्यरत पत्रकार माधुरी महतोलाई प्रशंसापत्र सहित सम्मान समेत गरेको थियो ।
अन्तराष्ट्रिय सहकारी, मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै आईरहेको संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ ।

Leave a Reply