नवप्रयास सहकारी ईश्वरपुर नगरपालिकाको उत्कृष्ट संस्था हो, इश्वरपुर नगर प्रमुख ः सापकोटा

0 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ वयलवासमा रहेको रहेको नवप्रयास बचत तथा ऋण सहकारी संस्था लि को १० औं बार्षिक साधारण सभा मिति २०७८ पुष २७ गते मगंलबारका दिन ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित गल्ला व्यापार संघको सभाहलमा भब्यताका साथ सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले गर्नुभएको थियो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका देवकोटाले यस नवप्रयास बचत तथा ऋण सहकारी संस्था लि. सहकारी संस्था लि. सामाजिक कार्यमा अगाडि रहेको र यस संस्थाले कोरोनाको समयमा सदस्यहरुलाई अग्रसर भएर सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराए ।
साथै खेलकुदको लागि पनि संस्थाको तर्फबाट सहयोग भईरहेको र कोरोनाको समयमा ईश्वरपुर नगरपालिकालाई आर्थिक सहयोग समेत गरेको उनले प्रष्ट पारे ।
ईश्वरपुर नगरपालिका अन्तरर्गत यो संस्था उत्कृष्ट सहकारी संस्था भएकोले यस संस्थामा सदस्यहरुलाई निर्धक्क भएर कारोबार गर्न समेत उनले आग्रह गरे ।

त्यसैगरी सो कार्यक्रमको विशिष्ट अतिथिहरुमा ईश्वरपुर नगरपालिकाका उप–मेयर एकावती चौधरी र अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका शाखा प्रमुख नारायण लामिछाने, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुन फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बराल,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुन फिल्ड कार्यालय जनकपुरका प्रमुख राजेन्द्र ढकाल, सामुदायिक एकता एफ एम लालबन्दीका पत्रकार प्रकाश मैनाली,ईश्वरपुर नगरपालिकाका कार्यपालिका सदस्य रमा अधिकारी, ईश्वरपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रहमन अन्सारी, ईश्वरपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रुप बहादुर आले मगर, ईश्वरपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दुखा चौधरी,ईश्वरपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राज नारायण चौधरी, ईश्वरपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नागेन्द्र पाख्रिन,ईश्वरपुर नगरपालिका गल्ला ब्यापार संघका अध्यक्ष फकिरा शाह, ईश्वरपुर नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष मनोज शाह, नेपाल दनुवार जागरण समितिका अध्यक्ष रुप नारायण सिंह, ईश्वरपुर नगरपालिकाका समाजसेवी प्रमोद बराल लगायतका विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन एकता एफ एम लालबन्दीका दिपक शाह शकंरले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका कार्यकारी प्रमुख विजय कुमार शाहले गर्नु भएको हो ।
साथै सोहि संस्थाकी अध्यक्ष सीता कुमारी चौधरीले कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी थिईन् ।
उक्त संस्थाको बार्षिक प्रतिवेदन संस्थाका सचिव ललित कुमार चौधरीले पेश गरेका थिए ।
संस्थाको आर्थिक बर्ष ०७७÷०७८ को आय ब्यय संस्थाका कोषाध्यक्ष किरण कुमारी सुनुवार द्वारा प्रस्तुत गरिएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक अलिमाम खानले पेश गरेका हुन्

सो सभाको अवसरमा संस्थाले जेष्ठ नागरिक सम्मान हरि प्रसाद थपलिया एकल महिला सम्मान रिना देवि राउत सेयर सदस्य सम्मान विरेन्द्र प्रसाद रौनियार,कपिलमुनी पोखरेल,राम वली शाह, रेनु कुमारी देवी शाह र ऋणितर्फ रुपेश कार्की, विमलेश सहनी, सिकिन्दर महत्तो त्यसैगरी बचतकर्ता संजय कुमार यादव, कोशिला देवी (खैरा), कोशिला श्रेष्ठ, अशोक शोनी, सतिश कुमार रौनियार,समिप अन्सारी दिनेश शाह लगायतलाई संस्थाको तर्फबाट सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
साथै संस्थाले ईश्वरपुर नगरपालिकाको गोदावरी हेल्थ केयर सेन्टरसंग सहकर्य गरी संस्थाका सेयर सदस्यहरुलाई उपचारको क्रममा ४० प्रतिशत छुटको ब्यवस्था समेत गरेको थियो । ै संस्थाले हाल नवप्रयास मोबाइल बैन्किङ एफ्स, ई टेलर एफ्स, एस एम एस, क्यु आर कोड, बैंक ट्रान्सफर तथा विभिन्न रेमिट्यान्सका सेवाहरु समेत प्रवाह गर्दै आइरहेको छ संस्थाको २०७८ असार मसान्तसम्मको सदस्य सङख्या ३,८३९ रहेको छ भने सेयर पुजी– ८५ लाख ३२ हजार ६ सय रुपैयाँ, कर्जा लगानी– १० करोड ९६ लाख २७ हजार ६८ रुपैयाँ, बचत संकलन–१० करोड १८ लाख ६४ हजार २४४ रुपैयाँ र कुल कारोबार– १५ करोड ५७ लाख ५६ हजार ६सय २६ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply