पर्सा जिल्ला बचत संघले सम्पन्न गर्यो १४ औं बार्षिक साधारण सभा

0 Shares

पर्सा जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघा लिमिटेड पर्साको १४ औ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

सो कार्यक्रमको अध्यक्षता सोहि संघका अध्यक्ष राजेश पंडितले संघको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै उहाँले संघमा सदस्य भएका सहकारी संस्थाका उपस्थित प्रतिनिधिहरुलाई साधारण सभाको सफलताको शुभकामना समेत दिनुभएको थियो ।
संघले भालिका दिनहरुमा सदस्य संस्थाहरुलाई आवश्यक पर्ने सहकारी शिक्षा सम्बन्धी तालिम गोष्ठी लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरी सदस्यहरुको सेवालाई निरन्तरता दिनेमा उनको जोड रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नेफ्ष्कुन सञ्चालक समितिका सदस्य हरेराम पटेल, राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक शम्भु प्रसाद गुप्ता, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सतेन्द्र ठाकुर लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संघका बरिष्ठ उपाध्यक्ष असगर अली अन्सारीले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण कान्तिपुर बचत तथा ऋण सहकारीका व्यवस्थापक तथा सोहि संघका महासचिव जिष्णु बरालले गर्नुभएको हो ।

Leave a Reply